स्याङ्जा । रारा भ्रमणमा गएको स्याङ्जा चापाकोट नगरपालिकाका मेयर शिव गिरी नेतृत्वको टोलीको अर्को टोलीसँग झगडा हुँदा मेयर गिरीसहित केही व्यक्ति घाइते भएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित गिरी सहितको टोलीसँग भक्तपुरबाट रारा गएको अर्को समूहसँग विवाद भएको थियो ।
रारा भ्रमण गरी फर्किने क्रममा उनीहरुबीच अत्याधिक मादक पदार्थ सेवन गरेका कारण झगडा भएको बताइएको छ । घाइतेहरुको कालिकोटस्थित अस्पतालमा उपचार भइरहेको छ। स्याङ्जाबाट करिब ४० जनाको टोलीसहित गिरीको टोली रारा भ्रमण गएको थियो ।
भक्तपुरबाट गएको टोलीसँग गिरीको समूहको मादक पदार्थ सेवन गरेपछि झगडा भएको बताइएको छ। गिरीको टोलीसँग कालिकोट सदरमुकामस्थित सनलाइट होटलमा झगडा भएको बताइएको छ । मेयर गिरीको टाँउकोमा चार टाँका लगाएको कालिकोट प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई जिल्ला अस्पताल र कुटपिट गर्नेहरुलाई प्रहरी कार्यालयमा राखिएको बताइएको छ। घटनाका क्रममा सात जनालाई प्रहरी कार्यालयमा राखिएको जनाइएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आगलागीका घटना दिनहुँ बढ्दै, लाखौंको क्षति
सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण गर्न टोली पोखरामा
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग