नारायणप्रसाद सापकोटाको पहिलो कविता संग्रह ‘युगान्तर’ प्रकाशित भएको छ ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर ४ तारकाङ, केउरानी, रातमाटामा वि.सं. २०४१ सालमा जन्मेका सापकोटा हाल पोखरा १३ साझाका बासिन्दा हुन् ।
पेसाले अङ्ग्रेजी प्राध्यापनमा रहेका उनी भद्रकाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हुन् । त्रिभुवन विश्वविद्यालयको ग्राजुएट स्कुल अफ एजुकेसनबाट विद्यावारिधि (पिएचडी) तहको अध्ययन गर्दै गरेका सापकोटा सिर्जनात्मक र प्राज्ञिक दुवै लेखनमा समता र सामाजिक न्यायको खोजी गर्छन् ।
साहित्यपोस्टले प्रकाशन गरेको यो कृतिमा जम्मा ५५ वटा कविताहरु समेटिएका छन् । यी कविताहरुलाई पढेर, काव्यचित्र हेरेर, वाचन सुनेर वा हेरेर ग्रहण गर्न सकिन्छ । यसरी आफ्नो पहिलो कृति मार्फत लेखक सापकोटाले नेपाली साहित्यमा पहिलोपटक बहुआयामिक स्वाद दिएका छन् ।
सापकोटाको नेपाली साहित्य सिर्जना रुचिको विषय हो । यसअघि थुप्रै फुटकर लेखरचनाहरु प्रकाशन गरिसकेका उनको ‘युगान्तर’ पहिलो पुस्तकाकार कृति हो ।
‘आफ्नो पहिलो कृति मार्फत पाठकलाई काव्यिक रचना पठनसँगै चित्र र श्रव्यदृश्यको बहुआयामिक अनुभूति गराउने प्रयास गरेको छु,’ लेखक सापकोटाले भने ।
पुस्तक प्राप्त गर्न चाहने पाठकले ९८५६०३३२६८ मा सम्पर्क गर्न सक्नेछन् । यस्तै सल्लाह, सुझाव र प्रतिक्रियाका लागि लेखकलाई इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
सम्बन्धित खबर
सापकोटाको बहुआयामिक कविता संग्रह ‘युगान्तर’ प्रकाशित
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
यो पनि पढौँ
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
इनम सापकोटा बालेनकै विचौलिया हुन्, निर्वाचन क्षेत्रमा सर्भेमा खटिएका थिएः सूर्य थापा
पृथ्वी राजमार्गको मझिमटार खण्ड तीन घण्टा बन्द हुने
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !