गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
बुधबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले शर्मालाई पदमुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको औपचारिक जानकारी शुक्रबार मन्त्रालयमार्फत परिषद् र सम्बन्धित निकायमा पठाइएको श्रोतले जनाएको छ । शर्मालाई पदमुक्त गरेसँगै अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयका उपसचिव दीपेन्द्र परियारलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ।
परिषद्को कामकारबाही प्रभावित नहोस् भनेर प्रदेश खेलकुद ऐनअनुसार परियारलाई जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले वितरण गरेको पदकमा आवश्यक मापदण्ड पूरा नगरी पुरस्कार वितरण गरिएको, पदक सिफारिस समितिको निर्णयबिनै पदक बाँडिएको तथा सिफारिस समितिमा रहेका व्यक्तिहरू र उनीहरू आबद्ध संस्थालाई नै पदक प्रदान गरिएको आरोप शर्मामाथि थियो।
विवादपछि मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले पदक वितरण प्रक्रियामा गम्भीर त्रुटि र लापरबाही भएको निष्कर्षसहित सदस्य सचिव शर्मालाई कारबाही गर्न सिफारिस गरेको थियो। समितिको प्रतिवेदनका आधारमा सरकारले शर्मासँग सातदिने स्पष्टीकरण मागेको थियो। स्पष्टीकरण चित्तबुझ्दो नभएको निष्कर्षसहित सरकारले पदमुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।
यसअघि नै शर्माले कारबाही प्रक्रिया रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गर्दै सरकारसँग सक्कल कागजात र छानबिन समितिको प्रतिवेदन झिकाउन आदेश दिएको थियो। साथै, दुवै पक्षलाई मंसिर २ गते छलफलका लागि बोलाएको छ।
पदमुक्त भएपछि शर्माले भने अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा आफूलाई हटाउनु गलत भएको दाबी गरेका छन् । उनले सरकारको निर्णयविरुद्ध कानुनी उपचारमा जाने बताएका छन् ।
शर्माले पदक वितरणको निर्णय आफू एक्लैले नगरेको र तत्कालीन मन्त्री तथा मन्त्रालयका सचिवसमेत सहभागी निर्णय प्रक्रियाको जिम्मेवारी आफूलाई मात्र दिन नमिल्ने जिकिर गरेका छन् । छानबिन समितिका संयोजक नै मन्त्रालयका सचिव भएकाले स्वार्थ बाझिएको उनको आरोप छ। शर्माले मन्त्री र सचिव गण्डकीको खेलकुद विकासमा बाधक बनेको आरोपसमेत लगाएका छन् । खेलकुदका लागि ९ करोड ६८ लाख रुपैयाँ माग गर्दा पनि बजेट अभाव देखाइएको र खेलकुद क्षेत्रलाई कमजोर बनाउने काम भएको उनको गुनासो छ।














सम्बन्धित खबर
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
होराइजन वालिङले जित्यो कालीगण्डकी गोल्डकपको उपाधि
कालीगण्डकी गोल्डकपको फाइनलमा होराइजन र ज्योतिपुञ्ज भिड्ने
कालीगण्डकी गोल्डकप : होराइजन र ज्योतिपुञ्ज सेमिफाइनलमा
कालीगण्डकी गोल्डकपमा आज चापाकोट र होराइजन तथा ज्योतिपुञ्ज र भदौरे भिड्दै
कालीगण्डकी गोल्डकपमा पोखरा र गोरखा सेमिफाइनलमा
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !
इनम सापकोटा बालेनकै विचौलिया हुन्, निर्वाचन क्षेत्रमा सर्भेमा खटिएका थिएः सूर्य थापा