पोखरामा जिपमा स्कुटर ठोक्किँदा दुई युवाको ज्यान गयो

दुर्घटना

पोखरामा जिपमा स्कुटर ठोक्किँदा दुई युवाको ज्यान गयो

zero acc

पोखरामा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई युवाको ज्यान गएको छ ।

पोखरा महानगरपालिका–५ जिरो किलोमिटर नजिक आज (शुक्रबार) दिउँसो भएको दुर्घटनामा स्कुटरमा सवार दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मृत्यु हुनेमा म्याग्दीको मंगला गाउँपालिका–दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै रघुगंगा गाउँपालिका–३ निवासी २६ वर्षीय मोहन परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले जानकारी दिए ।

टाउको र आँखामा गम्भीर चोट लागेका विवेकलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा दिउँसो ३ः५० बजे चिकित्सकले मृत घोषणा गरे ।

टाउकोमा चोट लागेका मोहनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा दिउँसो ३ः१० बजे चिकित्सकले उहाँलाई मृत घोषणा गर्नु भएको थियो ।

उनीहरू ग २३ प १७१६ नम्बरको स्कुटरमा सवार थिए । सडकमा रोकेर राखिएको  लु ३ च ५२७४ नम्बरको बोलेरो जिपमा पछाडि ठोक्किएका थिए ।

प्रहरीले दुर्घटनाग्रस्त स्कुटर, बोलेरो जिप र बोलेरो चालक पोखरा महानगरपालिका–२८ कालिका निवासी ४८ वर्षीय अमृत बजगाईंलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ