पोखरामा विदेशी पर्यटकले लगाए भाइटीका

संस्कृति

पोखरामा विदेशी पर्यटकले लगाए भाइटीका

tihar pokhara 2083

पोखराको लेकसाइडमा आयोजित १९ औं संस्करणको भाइटिका महोत्सवमा विभिन्न देशका ५१ पर्यटकले टिका लगाएका छन् । होटल संघ पोखरा नेपालले तिहारको अवसरमा बुधबार यो कार्यक्रम आयोजना गरेको हो ।

रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले विदेशी पर्यटकलाई टिका लगाइदिएका हुन् । यस अवसरमा अमेरिका, वेलायत, चीन, जापान र अष्ट्रेलिया लगायत विभिन्न १५ देशका पर्यटकले टिका ग्रहण गरेका हुन् ।

टिका लगाएपछि लिथुएनियाकी पर्यटक मोनिकाले आफ्नो अनुभव सुनाइन् । उनले भनिन्, ‘नेपाली जनता र तिहारको सांस्कृतिक पक्ष मलाई मन पर्यो । मर्दि हिमाल पदयात्राका क्रममा मैले राम्रोसँग हिमाल देख्न नपाए पनि पदयात्रा निकै स्मरणीय बन्न पुग्यो ।’

टिका ग्रहण गरेपछि महिला पर्यटकलाई पछ्यौरा र पुरुषहरुलाई ढाका टोपी उपहारस्वरुप प्रदान गरिएको थियो । त्यस अवसरमा पर्यटकले देउसी खेले र नाचगानमा समेत रमाए । उनीहरुले सेलरोटी चाखे ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने र आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्य महोत्सवले लिएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । संघले भाइटिकालाई महोत्सवका रुपमा निरन्तरता दिएपछि पोखराका विभिन्न होटलमा समेत पर्यटकलाई टिका लगाउने कार्यक्रम भएको जानकारी उनले दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ