गृहमन्त्री गुरुङको आमा दावी गर्ने महिलाको भिडियो पोस्ट गर्ने पक्राउ

पक्राउ

गृहमन्त्री गुरुङको आमा दावी गर्ने महिलाको भिडियो पोस्ट गर्ने पक्राउ

कलाकार सर्विन बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ

Sudan-Gurung-7

भक्तपुर : गृहमन्त्री सुधन गुरुङको आमा दाबी गर्ने महिलाको भिडियो सामाजिक सञ्जालमा राखेका कलाकार सर्विन बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार अपराह्न सर्विन भक्तपुरको सूर्यविनायकबाट समातिएका हुन् ।

आफूहरूलाई इन्टरनेट प्रदायक वर्ल्ड लिङ्कको कर्मचारी बताएर घरकोठामै आएका सादा पोसाकका दुईजना प्रहरीले सर्विनलाई समातेर लगेको परिवारजनले बताएका छन् । उनलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

वैयक्तिक गोपनियता सम्बन्धि कसुरमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दानबहादुर थापाले पुष्टि गरेका छन् । थप विवरण भने उनले खुलाएनन् ।

बोगटीलाई नियन्त्रणमा लिएर सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ । पक्राउ परेका सर्विन जनसांस्कृतिककर्मी हुन् । कालिकोट स्थायी घर भएका उनी परिवारसहित लामोसमयदेखि भक्तपुरको सूर्यविनायकमा बस्दै आएका छन् । पूर्व जनमुक्ति सेनासमेत रहेका उनी हाल गायक तथा संगीतकारको रुपमा परिचित छन् ।

सोमबार उनले आफ्नो फेसबुकपेजमा गृहमन्त्री सुधन गुरुङकी आमा लेखेर भिडियो पोस्ट गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ