पोखरा महानगरपालिका वडा नं. ९, शान्तिवनस्थित पोखरा बहुमुखी क्याम्पसको ४०औँ वार्षिकोत्सवको अवसरमा कविता वाचन, निबन्ध लेखन प्रतियोगिता र सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा २०८३ मङ्सिर ९ गते (बुधबार) क्याम्पस सभाकक्षमा प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रम संयोजक प्राध्यापक ध्रुव केसीको संयोजकत्वमा सम्पन्न प्रतियोगिताको निर्णायक मण्डलमा प्राध्यापकहरू अनुपमणि अधिकारी, विदुर पराजुली र जुना थापा रहेका थिए। कार्यक्रमको सञ्चालन वाणिज्य संकाय विभागीय प्रमुख तथा प्राध्यापक दिपकप्रसाद घिमिरेले गरेका थिए।

प्रतियोगिताका क्रममा बोल्दै क्याम्पस प्रमुख शिशुकला पराजुलीले वार्षिकोत्सवको अवसरमा गरिने सम्पूर्ण गतिविधि तथा कार्यहरूलाई उत्कृष्ट बनाउन सबैलाई आग्रह गरिन्।
त्यसैगरी, सहायक क्याम्पस प्रमुख महेन्द्र रिमालले विद्यार्थीहरूलाई व्यवहारिक तथा जीवनोपयोगी शिक्षा सिकाउने उद्देश्यका साथ क्याम्पसले विविध कार्यक्रम सञ्चालन गर्दै आएको बताए।

कार्यक्रममा निर्णायक मण्डलका तर्फबाट प्राध्यापकहरू अनुपमणि अधिकारीले विद्यार्थीका रचना उच्चस्तरीय रहेको र लेखनलाई निरन्तरता दिँदै आफ्नो क्षमतालाई निरार्दै जान आग्रह गरे ।
वार्षिकोत्सवको सन्दर्भमा क्याम्पसले सरसफाइ, आँखा स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रमसमेत सम्पन्न गरिसकेको छ।

यसैगरी, वार्षिकोत्सवको निरन्तरता स्वरूप मङ्सिर १० गते जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय (कक्षा ११–१२) वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । विजेता विद्यार्थीलाई मङ्सिर १४ गते वार्षिकोत्सव समारोहमा पुरस्कार प्रदान गरिने क्याम्पसले जनाएको छ।
सम्बन्धित खबर
पोखरा बहुमुखी क्याम्पसद्वारा कविता वाचन, निबन्ध लेखन र सरसफाइ कार्यक्रम सम्पन्न
अर्जुनचौपारी गाउँपालिकाका रास्वपा सभापति कमलकान्त अर्याल निलम्बित
आक्रमणको २५ वर्षपछि बन्यो वालिङ वडा प्रहरी कार्यालयको नयाँ भवन
आफ्नै नवनिर्मित भवनबाट सेवा
दशौँ राष्ट्रिय खेलकुदमा प्रतिभा माविका २२ विद्यार्थीले गण्डकीको प्रतिनिधित्व गर्ने
नेपथ्यको पहिलो स्याङ्जा कन्सर्टमा झुमे हजारौँ दर्शक
यो पनि पढौँ
स्याङ्जामा ४४४ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा, एक घण्टाको यात्रा १५ मिनेटमा
दशौँ राष्ट्रिय खेलकुदमा प्रतिभा माविका २२ विद्यार्थीले गण्डकीको प्रतिनिधित्व गर्ने
पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह सम्पन्न, उत्कृष्ट करदाता सम्मानित
अवकाश जीवन फलफूल खेतीमा लगाउँदै पूर्वएआईजी आचार्य