भारत भ्रमणबाट फर्केपछि रवि-बालेनबीच छलफल, पाँच विषयमा पाँच घण्टा कुराकानी

राजनीति

भारत भ्रमणबाट फर्केपछि रवि-बालेनबीच छलफल, पाँच विषयमा पाँच घण्टा कुराकानी

rabi-balen

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र प्रधानन्त्री वालेन्द्र शाहबीच भेटवार्ता भएको छ।

सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह बिहीबार दिउँसो बुढानिलकण्ठस्थित उनको निवास पुगेका थिए। दुवै जनाबीच पाँच घण्टा भेटवार्ता भएको रास्वपा सभापतिको सचिवालयका प्रमुख प्रदीप आचार्यले बताए।

‘दुवै जनाबीच सभापति निवास बुढानिलकण्ठमा पाँच घण्टा आत्मिय र सौहार्दपूर्ण कुराकानी भएको छ,’ उनले भने।

भेटवार्ताका क्रममा भारत भ्रमणका विषयमा छलफल भएको जनाइएको छ। त्यससँगै आगामी निर्वाचन र तयारीका विषयमा पनि छलफल भएको लामिछानेको सचिवालयले जानकारी दिएको छ।

त्यस्तै, मन्त्री, मन्त्रालय र सरकारका कामकारबाहीबारे पनि छलफल भएका छ। यससँगै अध्यादेश र आगमी संसद् अधिवेशनका विषयमा पनि कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ