गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले असल र क्षमतावान युवा व्यक्तित्वले मात्र मुलुकको समृद्धिमा योगदान दिन सक्ने बताएका छन् । सही नेतृत्व निर्माणमा पोखरा जेसीज जस्ता संस्थाको महत्वपूर्ण भूमिका रहने उनले उल्लेख गरे ।
पोखरा जेसीजको ४७ औं शाखा अधिवेशन तथा ५२ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि भट्टले पोखराकै जेठो संस्थामध्येको एक पोखरा जेसीजमा युवाहरूको सामाजिक कार्यसँगको आबद्धतालाई उत्प्रेरित गर्ने हेतु कार्यक्रममा सहभागी भएको बताए ।
‘जीवनको सबैभन्दा सक्रिय र उर्जाशील उमेर १८ देखि ४० वर्षसम्मका युवाहरुको साझा संस्था जेसीजले व्यवसायिक युवालाई एकीकृत गर्दै नेतृत्व तथा व्यक्तित्व विकासका क्षेत्रमा सत्रियता पूर्वक लागिरहेको पाएको छु ।’ उनले भने– ‘तालिमको विश्वविद्यालयको रुपमा पनि चिनिने जेसीजले युवा सशक्तिकरण गर्दै समाजमा सकारात्मक परिवर्तन गरेको छ ।’
कर्मठ युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जेसीजले असल, योग्य युवाहरुको उत्पादन गरी राष्ट्र, राष्ट्रियता र समाजप्रति जिम्मेवार नागरिक निर्माणमा योगदान गरेको उनको भनाई छ । विधिको शासन, विश्व बन्धुत्व, आर्थिक न्याय र मानवताको सेवासँग युवालाई समाहित गर्नु महान कार्य हो भन्दै उनले सकारात्मक सोच र रचनात्मक काम गर्ने जेसीज सहर केन्द्रित मात्रै नभएर ग्रामीण क्षेत्रतिर पनि फैलन आवश्यक रहेको बताए ।
‘युवाहरुलाई जागरुक बनाएर उनीहरुलाई सक्षम बनाई राष्ट्र निर्माणमा समाहित गर्न पनि यस्ता परोपकारी संस्थाको महत्वपूर्ण भूमिका रहन्छ । सक्षम नागरिकको उत्पादन हुन सकेमा समाज र सिंगो राष्ट्रको विकास हुनेछ ।’ उनले भने –‘पोखरा जेसीजको नेतृत्व गरेका अधिकांश समाजमा प्रतिष्ठित पदमा पुगेको पनि पाएको छु ।’
सिक्ने र सिकाउने कार्यमा अब्बल भूमिका निर्वाह गरिरहेको पोखरा जेसीजले व्यक्तित्व तथा क्षमता विकास, सामाजिक अभियान, उद्यमशीलता एवं व्यवसायिकताको नेटवर्किङ र विस्तारका साथै अन्तर्राष्ट्रिय सम्बन्ध एवं व्यापार विस्तारमा अझै ठूलो भूमिका खेलोस् भनी उनले अपेक्षा गरे ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
असल र क्षमतावान युवाले नै मुलुकको समृद्धिमा योगदान गर्दछः प्रदेश प्रमुख भट्ट
पोखरा बहुमुखी क्याम्पसमा अन्तरमावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न
पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम अन्तिम चरणमा
बिपुल क्षेत्री लाइभ इन पोखराः आज साँझ बाराहीघाटमा गुञ्जँदै
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
यो पनि पढौँ
दशौँ राष्ट्रिय खेलकुदमा प्रतिभा माविका २२ विद्यार्थीले गण्डकीको प्रतिनिधित्व गर्ने
तनहुँको आँबुखैरेनीमा शैक्षिक भ्रमणबाट फर्किएको बस पिशाव गर्न रोक्दा १५ वर्षीय विद्यार्थी मर्स्याङ्दी नदीमा बेपत्ता
पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह सम्पन्न, उत्कृष्ट करदाता सम्मानित
अर्जुनचौपारी गाउँपालिकाका रास्वपा सभापति कमलकान्त अर्याल निलम्बित