पोखरा बहुमुखी क्याम्पसको ४०औँ वार्षिकोत्सवका अवसरमा आयोजित जिल्ला स्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा सगरमाथा मावि कक्षा ११ की छात्रा प्रथम, प्रतिभा मावि ११ की छात्रा सदिक्षा बिक द्वितीय र महेन्द्र मावि भलाम कक्षा १२ की छात्रा करुणा बास्तोला तृतीय भएका छन् । पुरस्कृत विद्यार्थीहरुले क्रमश प्रथम पुरस्कार रु. १०,०००।- र प्रमाणपत्र, द्वितीय पुरस्कार रु. ७,०००।- र प्रमाणपत्र र तृतीय पुरस्कार रु. ५,०००।- र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष शंकर गुरुङले पुरस्कार वितरण र प्रतियोगीलाई सहभागिताको प्रमाणपत्र प्रदान गर्दै विद्यार्थीहरूमा वक्तृत्वकला, तार्किक क्षमता, आत्मविश्वास तथा समसामयिक विषयप्रतिको चेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।

क्याम्पस प्रमुख शिशुकला पराजुलीले सिर्जनात्मक तथा शैक्षिक कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटनसँगै सामाजिक विषयप्रतिको जिम्मेवारीबोध र नेतृत्व क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै सबै विद्यार्थीको प्रस्तुति निकै प्रभावशाली रहेको बताइन् । यस्तै उनले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थी, उनीहरूलाई प्रोत्साहन गर्ने शिक्षक तथा विद्यालय परिवार, निर्णायक मण्डल र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद तथा आभार व्यक्त गरिन्।
सहायक क्याम्पस प्रमुख महेन्द्र रिमालले स्वागत मन्तव्य राख्दै सबै विद्यालयभरिबाट छनोट भएर सहभागी हुन आउनु नै विजय भएको बताउँदै सबै प्रतियोगीलाई बधाई तथा शुभकामना दिए । उनले क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्रमाणपत्र प्राप्त गर्न सफल भएको र बीबीए (Bachelor of Business Administration) र एमबीएस (Master of Business Studies) कार्यक्रम सञ्चालन गर्न पाउने भएको बताउँदै यी कार्यक्रम सञ्चालनका लागि क्याम्पसले विविध तयारी गरिरहेको बताए ।
कार्यक्रम संयोजक ध्रुव केसीले प्रतियोगितामा ‘सामाजिक सञ्जालको प्रयोग : अवसर र चुनौतीहरू’ तथा ‘जलवायु परिवर्तन तथा विपद् न्यूनीकरणमा युवाको भूमिका’ गरी दुई समसामयिक विषय समावेश गरिएको बताए।
प्रतियोगिताको निर्णायकहरुमा प्राध्यापकहरु अनुपमणि अधिकारी, आइतकुमारी गुरुङ, जुना थापा रहेका थिए । प्रतियोगितामा २८ विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
पोखरा बहुमुखी क्याम्पसले आफ्नो ४०औँ वार्षिकोत्सवका अवसरमा विभिन्न शैक्षिक, सिर्जनात्मक तथा अतिरिक्त क्रियाकलापसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ। क्याम्पसले आफ्नो ४०औँ आगामी मंसिर १४ गते सोमबार मनाउन गइरहेको छ।
सम्बन्धित खबर
पोखरा बहुमुखी क्याम्पसमा अन्तरमावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू
पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा २ दिन बिदा
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?
यो पनि पढौँ
दशौँ राष्ट्रिय खेलकुदमा प्रतिभा माविका २२ विद्यार्थीले गण्डकीको प्रतिनिधित्व गर्ने
पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह सम्पन्न, उत्कृष्ट करदाता सम्मानित
अर्जुनचौपारी गाउँपालिकाका रास्वपा सभापति कमलकान्त अर्याल निलम्बित
नेपथ्यको पहिलो स्याङ्जा कन्सर्टमा झुमे हजारौँ दर्शक