पोखरा, २० कार्तिक ।
पोखरामा मादकपदार्थ सेवन गरेर अर्कैको ट्याक्सी लिएर भाग्दा एक युवकको ज्यान गएको छ ।
सोमबार राती मादकपदार्थ गरेर सुतेका पोखरा २१ कृस्तिका २४ बर्षीय सुमन पौडेलले अर्कैको ट्याक्सी चलाएर हिँड्दा दुर्घटनामा परि ज्यान गुमाएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी नविन कार्कीले बताए।
पोखरा – ७ शान्तिनगर स्थित राजु कुँवरको ग्यारेजमा काम गर्ने पौडेल सोमबार राती ट्याक्सी चालकसँगै शान्तिनगरमा मादकपदार्थ सेवन गरि सुतेका थिए । ट्याक्सी चालक राजु थापा सधैं ट्याक्सी पार्किंग गर्ने ठाउमा ट्याक्सी पार्किंग गरेर पौडेलसँगै मापसे गरेर सुतेकोमा पौडेलले सुटुक्क ट्याक्सीको चाब लिएर हिँडेको चालकलाई उदृत गर्दै डिएसपी कार्कीले बताए ।
पौडेलले लिएर हिँडेको ग १ ज ५४३ नम्बरको उक्त ट्याक्सी पोखरा (२२ पुम्दी भुम्दी स्थित फलेंटेमा दुर्घटना हुदाँ उनको घटनास्थलमै ज्यान गएको हो । ट्याक्सी सडकबाट करिब १ सय मिटर तल खसेको छ ।
मादकपदार्थ सेवन गरेका उनले बेसुरमा वा अन्य कुनै मनसायले ट्याक्सी लिएर हिँडेका थिए भन्ने कुरा खुल्न बाँकी रहेको डिएसपी कार्कीले बताएका छन् ।
यद्यपि घटनाका बारेमा यसअघी ट्याक्सी चोरिएको र हराएको भन्ने जस्ता कुराहरु जोडिन आएकाले थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले जनाए ।
पोखरा न्युजको सहयोगमा अद्यावधिक ।
तस्विरः कुशल बरालको फेसबुकबाट
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु