नेगम परियार, मनाङ । अन्नपूर्ण पदमार्गलाई मध्यनजर दिदै “याक अटयाक २०१८” साईकल दौडको टोली मनाङ आईपुगेका छन । सोमबार लमजुङको बेशिसहरबाट हिडेको टोली मंगलबार बिहान मनाङको सदरमुकाम चामे आईपुगेको हो ।
गएराती मनाङ प्रबेश गरी ताल गाउँमा रात बिताएको र भोलीपल्ट बिहानै मनाङको यात्रामा साईकल यात्रा सुरु भएको टोलीले बताएको छ ।
बिश्वकै उच्च हिमाली भेगमा आयोजना
१२ औँ संस्करण सोमबार लम्जुङको बेशिसहरबाट सुरु गरिएको हो । पहिले-पहिले काठमाडौँबाटै यो प्रतियोगिता हुने गरेता पनि पछिल्लो समयमा लम्जुङको बेशिसहर बाटै हुने गरेको छ ।
उक्त प्रतियोगीतामा भाग लिएका खेलाडीहरुले लम्जुङबाट मनाङ जिल्ला पास गरि पाँच हजार चार सय १६ मिटर उचाईमा रहेको थोरङ पार गर्दै मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिर हुदै कालापानी सम्मको साईकल यात्रा रहने प्रतियोगीताका व्यवस्थापक अजय पण्डित क्षेत्रीले बताए । प्रतियोगीहरुको मुस्ताङको जोमसोम सम्मको यात्रा ६ दिनको रहेको उनले बताए ।
प्रतियोगीतामा एक मात्रै नेपाली महिला
प्रतियोगीतामा सुरु भएको ६ दिन पछि मुस्ताङको जोमसोम हुदै कालापानी पुगी प्रतियोगीता समाप्त हुने क्षेत्रीले बताए । सो प्रतियोगीतामा सहभागी एक मात्रै नेपाली महिला लक्ष्मी मगरले प्रतियोगीताले नेपाललाई बिश्वमा चिनाउन तथा पर्यटन प्रर्बद्धनमा सहयोग पुराउन प्रतियोगीतामा भाग लिएको मगरले बताईन ।
प्रतियोगीतामा ३३ जनाले भाग लिएका छन । एक नेपाली सहित तीन बिदेशी महिला छन । आँठ नेपाली र २५ बिदेशी नागरिक रहेका छन । प्रतियोगीता भर उनिहरुले १ सय ५७ किलोमिटर दुरी पार गर्नु पर्ने प्रतियोगिताका ब्यबस्थापक मुखिया गोतामेले बताए ।
उक्त प्रतियोगितामा पाँच हजार अमेरिकी डलर रासीको पुरस्कार रहेको छ । सो मध्ये महिला तर्फ २५ सय अमेरिकी डलर र पुरुष तर्फ २५ सय अमेरिकी डलर रहेको छ । प्रतियोगिताको छनोट हरेक दिन पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेको रेकर्ड राख्ने र समग्रमा रेस डयुरेसन को समय जोडि फाइनल बिजेता घोषणा गरिने बताईएको छ ।
हिमाली भेगमा साइक्ष्टिहरुबीच साईकल प्रतिस्पर्धा गराएर नेपालको पर्यटन प्रबद्धधन गर्न यस्तो प्रतियोगिता गरिएको ब्यबस्थापक अजय पण्डित क्षेत्रीले बताए । सोमबारबाट सुरु भएको उक्त “याक अटयाक” साईकल दौड प्रतियोगिता टोली गत सोमबार मनाङको तालमा बसी आज मंगलबार उपल्लो मनाङमा बस्ने छन ।
त्यस्तै बुधबार थ्रोङ्फेदी, बिहीबार मुस्ताङको कागबेनीमा बसी शुक्रबार जोमसोम हदैँ कालापानी तर्फको यात्रा रहने टोलीले बताएको छ । प्रतियोगीहरु नेपाल लगाएत बेलायत, अष्ट्रेलिय, अमेरिका र फ्रान्स लगायतका देशका रहेका छन ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो