श्यामशितल परियार, लमजुङ । सुन्दरबजार नगरपालिकाको कृषि शाखाले किसानलाई अनुदानमा आलुको बीउ वितरण गरेको छ । शाखाले नगरपालिकाभित्र रहेका ११ वटै वडाका किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरेको हो ।
उर्वर खेतबारी बाँझै राख्ने, आयतित आलु किनेर खाने प्रवृत्ति बढ्दै गएकाले किसानलाई आत्मनिर्भर बनाउन अनुदानमा आलुको बीउ वितरण गरिएको सुन्दरबजार नगरपालिका कृषि शाखाका प्रमुख रामचन्द्र सेढाइँले जानकारी दिए ।

‘आयतित आलु किनेर खाने बढे । खेतबारी बाँझै राख्ने प्रवृत्ति बढ्यो । जग्गाको पनि उपयोग हुने, आफैँले उत्पादन गर्न सके बाहिरको आलु किनेर खाने पैसा समेत जोगिने । त्यसैले उनीहरुलाई आत्मनिर्भर बनाउनकै लागि हामीले किसानलाई आलुको बीउ वितरण गरेका हौँ,’ उनले थपे ।
उनका अनुसार किसानलाई आलुको बीउमा ५० प्रतिशत अनुदान दिईएको छ । ढुवानीमा सत्प्रतिशत अनुदान दिईएको छ । शाखाले आलुको बीउ खरिद र वितरणको जिम्मा स्थानीय ३ कृषि सहकारीले पाएका थिए ।
अन्नपूर्ण कृषि सहकारीले वडा सुन्दरबजार नगरपालिकाको नं ७, ८, ९, साना किसान कृषि सहकारीले वडा नं १, २, ५, ६ र पाउँदी सेरोफेरो कृषि सहकारीले वडा नं ३, ४, १० र ११ वितरण गर्ने जिम्मा लिएका थिए । उनीहरुले सम्वन्धित वडाको समन्वयमा स्थानीय किसानलाई आलुको बीउ वितरण गरिरहेका छन् ।

किसानलाई एमएस–४२ र जनकदेव जातको आलुको बीउ वितरण गरिएको हो । प्रतिकेजी ४६ रुपैयाँ पर्ने एमएस–४२ जातको आलुको बीउ किसानले अनुदानमा प्रतिकेजी २३ रुपैयाँमा पाएका छन् । प्रतिकेजी ५६ रुपैयाँ पर्ने जनकदेव जातको आलुको बीउ किसानले अनुदानमा प्रतिकेजी २८ रुपैयाँ तिरेका छन् ।
‘नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नै आलुको बीउ वितरण गरिएको हो । यो कार्यक्रम कृषि शाखाको ५ लाख र किसानको ५ लाख गरी १० लाख बराबरको हो । ढुवानीमा हामीले पुरै अनुदान दिएका छौँ,’ रामचन्द्रले जानकारी दिए ।
कृषि शाखाका प्रत्येक वडाले २२ क्विन्टलका दरले आलुको बीउ पाएका छन् । अनुदानमा उन्नत जातको आलुको बीउ घर आँगनमै पाउँदा किसानहरु खुशी भएको सुन्दरबजार नगरपालिका वडा नं ९ का वडासदस्य अमोल खनालले बताए ।
‘राम्रो जातको आलुको बीउ सस्तोमै पाईयो । हामी खुशी छौँ,’ खुशी हुँदै स्थानीय किसान बुद्कुमारी गुरुङले भनिन ।आलुको बीउ वितरणका साथै किसानलाई आलु खेतीसम्बन्धी जानकारी गराईएको समेत सुन्दरबजार कृषि शाखाले जनाएको छ ।
सम्बन्धित खबर
खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
लमजुङमा जिप दुर्घटना हुँदा दुई महिलाको मृत्यु, १२ जना घाइते
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह