पोखरा । पोखरा घुम्न आउने पर्यटकका लागि मंसिरको पहिलो दिनबाट नयाँ साहसिक खेल थपिएको छ, ‘हट एयर’ बेलुन । फेवातालबाट किनारबाट शनिबार ‘हट एयर’ बेलुन सञ्चालनमा आएको हो । अब पोखरा आउने पर्यटकले हावामा कावा खाँदै हट एयर बेलुनको मजा लिन पाउने भएका छन् ।
दृश्यावलोकन र साहसिक खेलका रुपमा पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, जीप ˆलायर, क्यानोनिङ लगायत छन् । अब बेलुनमा बसेर पोखरा, यहाँका ताल, हिमाल र आसपासका दृश्यावलोकन गर्न पाइने भएको छ ।
‘जसरी प्याराग्लाइडिङ, बञ्जीजम्प, जीप ˆलायर नै गर्नका लागि पर्यटक पोखरा आउँछन् भने हट एयर बेलुन चढ्ने अवसर पनि थपिएको छ’ बेलुन प्रालि नेपाललेका प्रवन्ध निर्देशक प्रवीण महर्जनले भने, ‘हामीलाई विश्वास छ, पोखरामा थपिएको यो नयाँ प्रडक्टले थप पर्यटकीय आकर्षण बढाउने छ ।’
https://www.facebook.com/gandaknews/videos/964299187103668/
हट एयर बेलुनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छन् । मुख्यमन्त्री गुरुङले एट एयर बेलुन चढेरै यसको मजा लिएका छन् । हट एयर बेलुन चढेपछि मुख्यमन्त्री गुरुङले भने, ‘यस्तै नयाँ-नयाँ पर्यटकीय प्रडक्टले २०२२ सम्म २० लाख पर्यटक भित्राउने प्रदेशको लक्ष्य प्राप्त हुने छ ।’
गण्डकी प्रदेशले पर्यटनलाई समृद्धिको मुख्य आधार मानेको मुख्यमन्त्री गुरुङले बताए । यहाँको पर्यटन विकासका लागि लगानी गर्न आउने निजी क्षेत्रलाई प्रदेशले प्रोत्साहन गर्ने उनको भनाइ थियो । ‘२०२२ सम्म हामीले गण्डकी प्रदेशमा २० लाख पर्यटक भित्र्याउने भनेका छौं, गुरुङले भने, ‘त्यतिमात्रै होइन हाम्रो लक्ष्य जति यहाँको जनसंख्या छ, त्यति नै संख्यामा पर्यटक भित्राउने हो ।’ गण्डकी प्रदेशको जनसंख्या २४ लाख छ ।
खुम्चिँदै गएको फेवाताल किनारको क्याम्पिङ साइटमा भएको कार्यक्रममा मुख्यमन्त्री गुरुङले फेवाताल जोगाउन छुट्टै रणनीति बनाइएको जानकारी दिए । ‘महानगरसँगको सहकार्यमा फेवाताल लगायत यहाँका सबै ताल संरक्षणका निम्ति प्रदेशले छिट्टै कार्यक्रम ल्याउँदै छ’ उनले भने । तालैतालको सहरलाई जोगाएर प्रदेशको समृद्धिसँग यसलाई जोड्ने उनको भनाइ थियो ।

बेलुन चढ्न नेपालीलाई ११ हजार
हट एयर बेलुन उडाउन प्रालिले डेढ करोड रुपैयाँ खर्च गरेको छ । प्रालिले इटलीबाट यो बेलुन मगाएको हो । ५ वटा बेलुनको लाइसेन्स लिएको प्रालिले अहिले ठूला-साना दुई वटा बेलुनको उडान थालेको छ । प्रति बेलुन ६०-६० लाखमा खरिद गरिएको कम्पनीले जनाएको छ ।
बेलुन चढ्न नेपाली पर्यटकले ११ हजार रुपैयाँ र विदेशी पर्यटकले १ सय ६० डलर तिर्नुपर्ने प्रवन्ध निर्देशक प्रवीण महर्जनले जानकारी दिए । ‘झट्ट सुन्दा यो महंगोजस्तो लाग्छ तर, यो अन्य देशको तुलनामा धेरै जस्तो हो’ महर्जनले भने, ‘साहसिक खेल मन पराउनेका निम्ति यो मूल्यभन्दा पनि एउटा अवसर हो ।’
सानो बेलुनमा ६ जना र ठूलो बेलुनमा ८ जनासम्म उडाउन सक्ने यसको क्षमता छ । बेलुन चड्ने प्रत्येक यात्रुको २० हजार डलरको इन्सोरेन्स गरिएको निर्देशक महर्जनले बताए ।
धम्पुस र लौरुकबाट उडान
पोखरालाई खेल पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित बेलुनको उडान सुरु गरएको लगानीकर्ताको दाबी छ ।
तर, प्रालिले विशेष रुपमा एकाबिहानै धम्पुस र लौरुकबाट उडान भर्ने प्रवन्ध निर्देशक महर्जनले जानकारी दिए । ‘हामीले धम्पुस र लौरुकबाट उडान भर्ने अनि हेमजा र मर्दीखोलामा अवतरण गर्ने तयारी गर्दैछौं,’ निर्देशक महर्जनले भने, ‘हामीले प्रत्येक उडानको नागरिक उड्डयन प्राविधिकरणबाट अनुमति लिने छौं ।’
बिहानको सूर्योदय र हिमालको अवलोकन गराउन उडान भरिने उनले जानकारी दिए । योसँगै क्याम्पिङ साइट र पामेबाट पनि छोटो दूरीको बेलुन उडान भर्ने योजना रहेको महर्जनले सुनाए ।
टर्की, स्पेन, म्यानमार, भारत र इटलीमा यो खेल चर्चित छ । पोखरामा पनि १० वर्षदेखि भारतमा बेलुन उडाइरहेका पर्यटक ल्याएर यसको उडान सुरु गरिएको हो ।
बेलुनबाट बञ्जी र स्काइडाइभको तयारी
२ वटा बेलुनबाट उडान थालेको प्रालिले अरु बेलुन पनि झिकाउने तयारी गर्दैछ । त्योभन्दा अघि बेलुनबाट बञ्जी र स्काइडाइभिङको सम्भाव्यत्ता अध्ययन भइरहेको निर्देशक महर्जन बताउँछन् । ‘हामीले बेलुनबाट अरु साहसिक खेल पनि थप्ने तयारी गर्दैछौं’ निर्देशक महर्जनले भने, ‘बेलुनबाटै बञ्जीजम्प र स्काइडाइभिङबारे अध्ययन गर्दैछौं । त्यसको टुंगो लगाउने बित्तिकै अरु बेलुन झिकाउँछौं ।’
प्रालिले चितवन र लुम्बिनीमा पनि हट एयर बेलुन उडानेबारे अध्ययन भइरहेको उनले जानकारी दिए । ‘लुम्बिनी र चितवनमा पनि बेलुन उडाउनेबारे अध्ययन गरेका छौं’ उनले भने ।

बेलुका लागि आवश्यक पूर्वाधारको काम भइरहेको छ भने उडान सुरक्षित बनाउन भारतबाट तालीम प्राप्त बेलुन पाइटल ल्याइएको छ । नेपालमै पनि पाइलट उत्पादनका लागि निकट भविष्यमै तालीम शुरु गरिने महर्जनले जानकारी दिए । साहसिक खेलमार्फत पर्यटकलाई थप आकषिर्त गर्ने योजना महर्जनले सुनाए ।
बेलुनको उडान पोखरामा यसअघि पनि थालिएको थियो । तर, व्यावसायिक उडान भर्न नसक्दा बन्द भएको थियो ।
तस्विरः आशिष पुरी
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’