श्यामशितल परियार, लमजुङ । सुन्दरबजार नगरपालिका–९, मा रहेको फ्युचर स्टार आवसीय माविले आफ्नो रजत जयन्ती विभिन्न कार्यक्रमका बीच मनाउने भएको छ । विद्यालयले विद्यालयकै सभाहलमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएको हो ।
पत्रकार भेटघाट कार्यक्रममा विद्यालयका संस्थापक बाबुराम पौडेलले पौष १८ वा २६ गते विद्यालयले रजती मूल समारोह भव्यताका साथ मनाउने जानकारी दिए । ‘हामीले विगतमा पौष १८ मै विद्यालयको वार्षिकोत्व मनाउँदै आएका छौँ । विभिन्न चाडपर्व पनि परेका छन् । हामीले यसपाली पौष २६ गते रजत जयन्ती मनाउन सक्छौँ,’ उनले जानकारी गराए ।

विद्यालयका संस्थापक पौडेलका अनुसार रजत जयन्तीको अवसरमा विद्यालयले मंसिर महिनाभर विभिन्न जिल्लाव्यापी कार्यक्रम सञ्चालन गर्नेछ । उनका अनुसार विद्यालयले मंसिरमा जिल्लाका ८ वटै स्थानीय तहमा अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता एकैदिन सञ्चालन गर्नेछ । गाउँपालिकाका लागि एउटै र नगरपालिकाका लागि एउटै प्रश्न हुनेछन् ।
विद्यालयका अनुसार विद्यालयले माविस्तरीय जिल्लाव्यापी भलिवल प्रतियोगिता सञ्चालन गर्नेछ । ज्येष्ठ नागरिकलाई सम्मानित गर्नेछ । रजत जयन्तीलाई सफल पार्न विद्यालयले १ सय ५२ सदस्यीय मूल समारोह समिति, ३५ सदस्यीय कार्य सम्पादन समिति, १७ सदस्ीय सल्लाहकार समिति गठन गरेको छ । विभिन्न ७ उपसमिति समेत गठन गरेको छ ।
सम्बन्धित खबर
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
लमजुङको दूधपोखरीमा नुहाउने क्रममा भुजुङका १८ वर्षीय किशोर बेपत्ता
लमजुङमा पहिरोले पुरिएर मजदुरको मृत्यु
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु