श्यामशितल परियार, लमजुङ । प्रसिद्ध अन्नपूर्ण पदर्मागमा पर्ने लमजुङको मस्र्याङ्दी गाउँपालिकाको खुदीमा प्रथम मस्र्याङ्दी महोत्सव सञ्चालन गरिएको छ । महोत्सव मंसिर ६ गतेसम्म सञ्चालन हुनेछ ।

सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले महोत्सवको उद्घाटन गरेका हुन । महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले प्राकृतिक श्रोत–साधनलाई समृद्धिको आधार बनाईनुपर्ने उल्लेख गरेका छन । पर्यटन, ऊर्जा, कृषि र उद्योगबाट गण्डकी प्रदेशको समृद्धि सम्भव रहेको उनले बताए ।

गण्डकी प्रदेशमा होमस्टे पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा ३० करोड बजेट विनियोजन गरिएको समेत उनले बताए । ‘अबको ५ वर्षभित्रमा प्रदेशमा ५० हजारलाई रोजगारी स्वरोजगार बनाईनेछ । यसका लागि प्रदेशभित्र ३ सय गाउँमा होमस्टे सञ्चालन गरिनेछ । यसको पूर्वाधार निर्माणका लागि ३० करोड रुपैयाँ छुट्याईएको छ,’ उनले थपे ।

उनका अनुसार प्रदेशमा ‘नमूना फर्म सञ्चालन’का लागि ४० करोड बजेट विनियोजन गरिएको छ । ‘समृद्ध, आधुनिक, हराभरा मस्र्याङ्दी गाउँपालिकाको आधार । कला, सँस्कृतिको संरक्षण, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार’ भन्ने नाराका साथ महोत्सव सञ्चालन गरिएको हो ।
मौलिक, कला, धर्म–सँस्कृति, भेषभुषाको संरक्षण, जलविद्युतमैत्री गाउँपालिका निर्माण, होमस्टे र पर्यटन प्रवद्र्धनको लागि महोत्सव सञ्चालन गरिएको प्रथम मस्र्याङ्दी महोत्सव मूल समारोह समितिका सह–संयोजक एवम् मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए ।

उनका अनुसार महशिकार, कृषि तथा स्थानीय उत्पादन प्रर्दशनी, स्थानीय कलासंस्कृतिको प्रर्दशनी, होमस्टेसहितका विभिन्न पर्यटकीय स्थानको भ्रमण, अर्गानिक खाना, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न खेलकुद प्रतियोगिता महोत्सवका मुख्य आकर्षण हुन् ।

महोत्सवका अवसरमा विभिन्न जातीय सँस्कृति प्रस्तुत गरिएको छ । महोत्सवमा गुरुङ सुमदायको झाँक्री नाच, घ्याब्रे नाचका साथै ब्राह्मण, क्षेत्री समुदायको भजननाच समेत प्रस्तुत गरिएको छ ।

जिल्लामा विभिन्न पर्व, अवसरमा मेला, उत्सव र महोत्सवहरु सञ्चालन हुँदै आएका छन् । ‘बेलाबखतमा हुने यस्ता मेला, महोत्सवले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुर्याउँछ,’ लमजुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवम् होटल व्यवसायी रामकुमार श्रेष्ठले बताए ।

मस्र्याङ्दी महोत्सवमा ३० वटा स्टल राखिएका छन् । महोत्सवमा २० हजार दर्शकले अवलोकन गर्ने महोत्सव मूल समारोह समितिले अपेक्षा गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते