पाेखरा । १० वर्ष अघि पाेखरा पृथ्वीचाेक स्थित वाइसिएल क्याम्पमा झ्याईं झ्याईं बाजा घन्काएरै भित्राएकी बुहारी सिर्जनामाथि मुलुककै ठूलाे पार्टीकाे ठूलाे नेता प्रचण्ड परिवारबाटै घरेलु हिंसा भएकाे छ ।
बुहारी सिर्जना त्रिपाठी दाहालमाथि प्रचण्ड परिवारबाट भएकाे मानसिक हिंसाकाे अहिले सर्वत्र अालाेचना भएकाे छ । तत्कालिन नेकपा माअाेवादीका अग्रज नेता पाेष्टबहादुर बाेगटीकी छाेरीसँग डिभाेर्सपछि सिर्जना बिहे गरेका प्रकाशले तेस्राे श्रीमतीका रूपमा अर्कैकाे श्रीमती बिना मगर बिहे गरेपछि सिर्जना कास्कीकाे हेम्जा स्थित माईतीघरबाट प्रकाशकाे घर फर्किनन् ।
छाेरा प्रसिद्ध पढाएरै माईतमै बस्दै अाएकी थिईन् । गत वर्ष मंसिर ३ मा प्रकाश दाहालकाे असमायिक निधन भयाे । काटीकुटी प्रकाशकै अनुहार परेका प्रशिद्धलाई हजुरबुवाले काठमाण्डाैंमै राखे । सिर्जनालाई घरभित्र छिर्ने वातावरण मिलेन । पतिकाे निधनपछि दुई जना मिलेर राजनीतिमा अघि बढ्नुपर्ने हाे तर बिना सांसद हुँदै मन्त्री बनिन् । प्रकाश नै पति हाे भनेर एकल जीवन जिउँदै अाएकी सिर्जनाले प्रचण्ड परिवारबाट कुनै सहानुभूति समेत पाएकी छैनन् ।

छाेराेकाे जन्मदर्ता नबनाइदिएकाे, छाेराे प्रसिद्धले पढ्न नपाएकाे, विवाह दर्ता नबनाएकाे जस्ता समाचार अाउँदा पनि सिर्जनाले कहिल्यै प्रचण्डकाे ईमानमा अाँच अाउन दिन्नँ भन्दै कहिल्यै अाफूमाथि परेकाे अन्याय बारे बाेलिनन् । अझै पनि बाेल्न मान्दिनन् । तर, सिर्जनामाथिकाे हिंसा प्रकाशकाे निधनपछि समेत राेकिनुकाे सट्टा झन् बढेकाे छ ।
पतिकै पूण्यतिथिमा मन्त्रीपदधारी बिनाले गरिन् सिर्जनाकाे अपमान
नेकपा अध्यक्ष प्रचण्ड निवासमा सोमवार छोरा प्रकाश दाहालको प्रथम पूण्यतिथीमा आयोजित सार्वजनिक कार्यक्रममा बुहारी सिर्जनामाथि अपमानजनक व्यवहार भएको खुलासा भएकाे छ ।
सरसफाई तथा खानेपानी मन्त्रीसमेत रहेकी प्रचण्डकी बुहारी बिना मगरले सिर्जनालाई अपमान गरेकि हुन् ।

मञ्चको दोस्रो लहरमा मोहन वैद्यसँगै प्रचण्डका छोरी रेणु, गंगा र बुहारी बिना बसेका थिए । त्यसबीचमा नेकपाका केही नेताहरुले कार्यक्रमस्थलको कुनामा बसेर हेरिरहेकी अर्की बुहारी सिर्जनालाई पनि मञ्चमा लगेका थिए ।
सिर्जना गएर मञ्चको तेस्रो लहरमा बस्नासाथ अघिल्लो लहरमा बसेकी बिना पछाडि फर्केर केही भनेको दृष्य भिडियोमा कैद छ । बिनाले पछाडि फर्केर सिर्जनालाई केही भनेलगत्तै रेणु गंगा र बिना मञ्चबाट केहीबेर बाहिरिए । उनीहरु उठेपछि सिर्जना पनि उठेर पत्रकार दीर्घाको कुर्सीमा गएर बसेकी थिइन् ।
स्रोतका अनुसार सिर्जनालाई सोमबारको कार्यक्रममा बोलाइएको थिएन । उनी मञ्चमा गएर बसेपछि बिनाले ‘तपाई किन आउनु भएको यहाँ ?’ भन्दै अपमानजनक व्यवहार गरेको प्रत्यक्षदर्शी एक सुरक्षाकर्मीले बताए । त्यसपछि सिर्जना कार्यक्रमस्थलभर एउटा कुनामा गएर बसेकी थिइन् ।
प्रकाशको प्रथम स्मृतिमा प्रकाशन गरिएको स्मृतिग्रन्थमा पनि प्रकाश दाहालकी पत्नी भनेर बिना मगरको मात्र नाम राखिएको छ । संक्षिप्त परिचयमा सिर्जनाका छोरा प्रसिद्धको नाम राखिएको छ । तर पत्नीमा आफ्नो नाम नराखेर अस्तित्व स्वीकार नगरिएको तथा पूण्यतिथिमा अपमानजनक व्यवहार भएको भन्दै सिर्जनाले ‘सम्बन्धित ठाउँमा’ आपत्ति जनाएकी छन् ।
कार्यक्रमपछि छोरो प्रसिद्धलाई भेटेर जान्छु भन्दै उनी प्रचण्ड निवासभित्र छिरेकी थिइन् । प्रचण्डले नातिलाई आफूसँगै राखे पनि पारिवारिक तनावका कारण बुहारी सिर्जनालाई भने छोरासँग राख्न सकेका छैनन् । सिर्जनाले पनि आफू प्रचण्डकै कारण मुख नखोली बसेको बताउने गरेकी छन् ।

स्मारिकामा बिना मगरले प्रकाशको बैबाहिक जीवनका सन्दर्भमा सिर्जना र उनीभन्दा पहिलेकी प्रथम पत्नीलाई चोट पर्ने कुराहरु लेखेको भन्दै आलोचना भएको छ । नयाँ बैबाहिक जीवनमा रहेकी प्रकाशकी प्रथम पत्नीले फेसबुकबाटै सांकेतिक रुपमा बिना मगरप्रति कटाक्ष गरेकी छन् ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो