महेन्द्र जिसी, पर्वत । लगानीकर्ताहरुले विश्वकै दोस्रो अग्लो बन्जी जम्प स्थल भनी दावी गरेको पर्वतमा निर्माणाधीन बञ्जी जम्पको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। निर्माणको जिम्मा लिएको प्यारामाउन्ट कन्स्ट्रक्सनले अहिलेसम्म करिब ८० प्रतिशत काम सकिएको हो ।
५ सय २० मिटर लामो र २ सय २८ मिटर उचाइको सिंगल स्पान झोलुंगे पुलसहित कालीगण्डकीको खोंचमा बागलुङको नारायणस्थान र पर्वतको कुश्मा जोड्ने गरी मुलुककै अग्लो बन्जी स्पट निर्माण हुन लागेको हो ।
२०७३ बैशाखमा निर्माण सुरु भएको बञ्जी जम्पसँगै पर्यटकहरुलाई थप आकर्षणका लागि स्काइ साइक्लिङ, स्वीङ र रिसोर्ट समेत सञ्चालनको तयारी भैरहेको लगानीकर्ता नेत्र पराजुलीले बताए । विश्व कै अग्लो भएका कारण नेपाल भित्रिएका पर्यटक पर्वत आएर जाने विश्वास पराजुलीको छ ।
पर्यटककै व्यवस्थापनका लागि भन्दै २५ रोपनी क्षत्रफलमा रिर्सोटको समेत निर्माण सँगै थालिएको पराजुलीले बताए ।करिब १५ करोडको लागतमा निर्माण हुन लागेको बन्जी जम्प कुश्मा बजारका ११ युवाको सहीत फ्रेन्च नागरिक फ्लोरेन्स र प्रभु बैंकको समेत लगानी रहेको छ ।
यो सँगै बन्जीको लगानीकर्तामा कुश्माका नेत्र पराजुली, नवराज पौडेल, युवराज जोशी, राजन जोशी र सिन्धुपाल्चोकका राजु कार्की रहेका हुन । नेपालमा आउने पर्यटकहरु पर्वत चित्रिने दावीका साथ बागलुङको बलेवामा २५ रोपनी क्षेत्रफल जग्गामा रिसोर्ट समेत सञ्चालनको तयारी थालिएको छ ।
विश्व कै दोस्रो अग्लो बन्जी जम्प भएका कारण नेपाल भित्रिने पर्यटक पर्वत आउने विस्वास लागनी कर्ता नवराज शर्माको रहेको छ । शर्माले मानव निर्मीत मात्र नभई धौलागिरी धार्मीक क्षेत्रमा समेत महत्व पुर्ण रहेका कारण पर्यटकीक अब बन्ने बताए । शर्माले पोखरामा आएको पर्यटक अब पर्वत भित्रिने दावी गरे ।
पर्वतमा नेपालकै अग्लो र लामा तीन वटा झोलुङ्गे पुल
तीन वटा नेपालकै अग्लो र लामा झोलुङ्गे पुल र केबलकार मोडलको यान्त्रिक पुलका कारण पर्यटकहरुको आकर्षण बढ्दै गएको पर्वतमा बञ्जी जम्पले थप आकर्षण बढाउने र पर्यटकीय जिल्लाको रुपमा चिनाउन सकिने अर्का लगानीकर्ता युवराज जोशीले बताए ।
लगानिकर्ताका अनुसार बञ्जी, स्काई साइक्लिङ र स्वीङमा मात्रै वर्षमा कम्तीमा पनि पचास हजारभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने लक्ष्य राखिएको छ। बञ्जी निर्माणतर्फ कन्स्ट्रक्सनको जिम्मा लिएको प्यारामाउन्ट कन्स्ट्रक्सनले अबको तीन महिनाभित्र निर्माणकार्य सक्ने जनाएको छ । बन्जी सञ्चालन भएपछि पर्वतलाई साहसिक पर्यटनको हब रुपमा स्थापित गराउने लगानी कर्ताको दावी रहको छ ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान