पोखरा । विगत १४ वर्ष देखि शैक्षिक परामर्श क्षेत्रमा काम गर्दै आईरहेको ईडुकेशन प्लानेट पोखरा शाखाले मंसिर १६ गते आईतवार अस्ट्रेलियन युनिभर्सिटीज एसेसमेन्ट डे गर्ने भएको छ । चिप्लेढुङाको सेलवेज टावर स्थित आफ्नै कार्यालयमा हुन लागेको एप्लिकेसन डे मा अष्ट्रेलियाका ३० भन्दा वढी कलेज तथा युनिभर्सिटीहरुको प्रत्यक्ष सहभागीता रहने ईप्लानेट पोखरा संस्थापक निर्देशक टि एन शर्माले बताए ।
अस्ट्रेलिया पढ्न जान चाहने प्लस टु, व्याचलर तथा मास्टर्स सकेका विद्यार्थीहरुलाई लक्षित गरि कार्यक्रमको आयोजना गरिएको शर्माले जानकारी दिए । अस्ट्रेलियाका ३० भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु मार्फत आफू जान चाहेको कोर्स, लाग्ने शुल्क, लोकेशन, शिक्षा प्रणाली, भिजा प्रोसेसिङ लगायतका कुराहरु जानकारी पाउनेछन् ।

विद्यार्थीहरुले परिवर्तित भिजा प्रणाली, स्कलरसीप तथा अंग्रेजी भाषा दख्खल अर्थात टोफेल/आईएल्टिसको वारेमा जानकारी साथै आफुले पढ्न जान चाहेको कोर्समा कन्डिशनल अफर अप्लाई समेत गर्न सक्ने अपरेशन हेड जमुना सुवेदीले बताईन्।
उच्च शिक्षाका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरि धेरै फेयर भईरहेका छन् । तर उक्त फेयर मार्फत अस्ट्रेलियन एडुकेशन संग सम्वन्धित सहि सुचना विद्यार्थी तथा अभिभावकले आफ्नो आवश्यकता अनुसार नपाएको गुनासो हामीले पाएका छौं । त्यसैले विद्यार्थीहरुको आर्थिक र शैक्षिक स्थितिलाई सम्बोधन गर्ने उद्देश्यले उनिहरुको सामर्थ्य अनुसार स्थान, कलेज, कोर्स लगायत अन्य कुराहरुको जानकारी दिन अस्ट्रेलियन एप्लिकेसन डे गर्न लागेको सिनियर काउन्सिलर भिजन सुवेदीले बताए ।
फेयरमा सहभागी हुने विद्यार्थीहरुलाई स्पट स्कलरशिप तथा गिफ्ट ह्याम्परको समेत व्यवस्था गरिएको छ । काठमाडौंको बागबजारमा मुख्य कार्यालय रहेको संस्थाले पोखरा, चितवन, बुटवल तथा अस्ट्रेलियाको सिड्नी, मेलवर्न, पर्थ र एडिलेट गरि ४ वटा ठांउवाट विद्यार्थीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
सम्बन्धित खबर
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’