पोखरा महानगरपालिका वडा नम्बर १३ ले स्मार्ट परिचय पत्र वितरण शुरु गरेको छ । वडाले मालिका सफ्टवेयर नेपालसँगको सहकार्यमा वडाबासीका लागि निर्माण गरेको प्रविधीमैत्री स्मार्ट परिचय पत्र वितरण शुरु गरेको हो ।
स्मार्ट परिचय पत्र निर्माण गर्ने मालिका सफ्टवेयर नेपाल स्मार्ट लाइसेन्स निर्माण गर्ने नेपाली कम्पनी हो । बुधबार आयोजित कार्यक्रममा वडा नम्बर १३ का वडाध्यक्ष दर्शन लामाले वडाबासी पत्रकार शोभाकान्त सिग्देललाई स्मार्ट परिचय पत्र प्रदान गरेर स्मार्ट परिचय पत्र वितरणको शुरुवात गरे ।
वडाले शुरु गरेको स्मार्ट परिचय पत्र प्रविधीमैत्री परिचय पत्र हो । स्मार्ट परिचय पत्र २ किसिमको हुन्छ । व्यक्तिका लागि सिटिजन कार्ड र परिवारका लागि फ्यामिली कार्ड गरी २ किसिमको कार्ड बनाइएको वडाध्यक्ष लामाले जानकारी दिए । व्यक्तिले सिटिजन कार्ड लिनका लागि व्यक्तिगत विवरण भर्नुपर्छ । जस्तै आफ्नो नाम, थर, उमेर, शिक्षा, पेशा, कमाई, स्थायी तथा अस्थायी बसोबास स्थान, व्यक्तिगत सम्पतीलगायतका विवरण भर्नुपर्छ ।
फ्यामिली स्मार्ट कार्ड लिनका लागि पारिवारिक विवरण भर्नुपर्छ । त्यसका लागि परिवारका सबै सदस्यको नाम, थर, सम्बन्ध, शिक्षा, पेशा, कमाई, सम्पती, गाईवस्तुलगायत सबै विवरण भर्नुपर्छ । त्यसपछि वडाले वडाबासीलाई कार्ड उपलब्ध गराउँछ । विवरण भरेको करीब २ महिनामा वडाले स्मार्ट परिचय पत्र उपलब्ध गराउने वडाध्यक्ष लामाले जानकारी दिए । वडाले पारिवारिक कार्ड एक पटकलाई निःशुल्क उपलब्ध गराउने उनले बताए । तर व्यक्तिले कार्ड लिएमा प्रति व्यक्ति ५२ रुपैयाँ लाग्ने वडाध्यक्ष लामाले उल्लेख गरे । स्मार्ट कार्ड बाध्यकारी नभई स्वेच्छिक रहेको उनले बताए । स्मार्ट कार्ड नबनाउनेले पुरानै प्रक्रियाबाट सेवा पाउने उनले प्रष्ट्याए ।
त्यसरी वितरण गरिएको कार्ड वडाले राखेको स्क्यान मेसिनमा राखेपछि त्यहाँ लेखिएका सम्पूर्ण विवरण प्रष्ट देखिने वडाध्यक्ष लामाले जानकारी दिए । अन्यत्र भने यो कार्ड प्रयोगमा आउने छैन । त्यस्तै वडाले दिने सम्पूर्ण सिफारिसलगायतका सेवाहरु पनि त्यहि परिचयपत्रमा राखिने भएकाले आफूलाई जे चाहिएको हो त्यो तुरुन्तै गर्न सकिन्छ ।
स्मार्ट परिचय पत्र लागू भएमा २ दिन लाग्ने काम ५ मिनेटमै हुने वडाध्यक्ष लामाले दाबी गरे । उनले भने,‘कुनै सिफारिस लिनु पर्यो भने वडाबासीले अहिले नेपाली कागजमा निवेदन लेख्नुपर्ने, अनि ढड्डा पल्टाएर विवरण हेर्नुपर्ने, त्यसपछि कर्मचारी हुँदै तोक लगाउनका लागि वडाध्यक्ष भेट्दासम्म २ दिन बित्छ, तर स्मार्ट परिचय पत्र लिने वडाबासीले उक्त परिचय पत्र लिएर आएको खण्डमा स्क्यान मेसिनमा स्मार्ट परिचय पत्र राखेपछि चाहिएको सुविधा तुरुन्तै लिन सकिन्छ ।’
उनका अनुसार सिफारिस लिनुपर्यो भने कस्तो प्रकारको सिफारिस लिने हो त्यसको विवरण कार्डमै हुने भएकाले सिधै भरेर तत्काल प्रक्रिया अघि बढाउन सहज हुन्छ । वडाध्यक्ष लामाले थपे,‘यो सेवासँग वडा कार्यालयको काम पनि घट्छ, अनि वडाबासीले निमेशभरमै सुविधा पनि पाउँछ ।’ पोखरा महानगरपालिका वडा नम्बर १३ मा करीब ४ हजार घर रहेका छन् । २०६८ को जन गणना अनुसार वडा नम्बर १३ मा १७ हजार १७ जनसंख्या रहेको छ । अहिले यो बढेपनि यकिन तथ्यांक नरहेको वडाध्यक्ष लामाले बताए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो