पर्वत । पर्वत जिल्लाको महाशिला गाउँपालिकाले मोबाइल एप सेवा सुरु गरेको छ । मोबाइलबाटै सेवा प्रवाह गर्ने उद्देश्यसहित एप्स सेवा सुरु भएको प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले जानकारी दिए ।
स्थानीय तहको समृद्धि र बिकास तथा जनतामा शुसाशन कायम गनर््का साथै जनतालाई सहज रुपमा घरमै बसेर सेवा प्राप्त लिन सक्ने उद्देश्यले एप्स प्रविधि भित्र्याइएको हो ।६ वटै वडाका जनताले गाउँपालिका सम्म धाउनु पर्ने समस्याको अन्त्य गर्दे मोवाईल एप्सले पूरा गर्ने गाउँपालिकाका प्रमुख राजु प्रसाद पौडेलले जनाए ।
गाउँपालिकाका सूचना प्रविधि अधिकृत शान्त पौडेलका अनुसार सूचना प्रविधि बिभागको प्राविधिक सहयोगमा मोवाईल एप्स सुरु गरिएको हो ।उनले गाउँपालिकाद्धारा सुरु गरिएको एप्सको प्रयोगबाट जनतालाई सुशासन ,सरल र सहज तरिकाले सेवा प्रवाह गर्न सकिने जनाए ।
एप्सका सहयोगमा आवश्यक कागजपत्र र प्रक्रियाका बारेमा जानकारी,योजना तथा कार्यक्रम थाहा पाउँने,सूचना ,समाचार,आपत्कालिन नम्बर,जनप्रतिनिधि तथा कर्मचारीको फोटोसहितको सम्पर्क बिवरण,वडाहरुको प्रोफाईल,महत्वपूर्ण स्थानको परिचय ,गुनासो तथा समस्या दर्ता गर्न सकिने उनले बताए ।
सूचना प्रविधि अधिकृत नियूक्ति भएपछि उक्त गाउँपालिकामा वेभसाईट संञ्चालन,कम्पूटर संम्वन्धि प्रविधिक समस्याको निराकरण, ईन्टरनेट जडान लगायत अन्य सूचना प्रविधिका पूर्वाधार बिकास भएको छ ।
त्यस्तै,गाउँपालिकामा सूचना प्रविधिको बिकास भएसंगै स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरुले यसको प्रयोगमा समेत दक्षता हासिल गरेको सूचना प्रविधि अधिकृत पौडेलले बताए ।यसबाट जनताले छिटो छरितो रुपमा सेवा प्राप्त गरेको उनले जनाए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय शासन तथा सामूदायिक बिकास कार्यक्रम अन्तर्गत सूचना प्रविधि अधिकृत नियूक्त भएपछि मुलुकभरका स्थानीयतह प्रविधि मैत्री बन्दै गईरहेका छन् ।यसबाट जनप्रतिनिधि,कर्मचारीलाई कार्यसम्पादन गर्न सजिलो भएको छ भने, जनतालाई समयको बचत तथा सेवा प्राप्त गर्न समेत सहज भएको छ ।
सम्बन्धित खबर
मालढुंगा–बेनी सडकमा पहिरो खस्दा मोटरसाइकल पुरियो, चालक गम्भीर घाइते
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
आगलागीबाट डेरी उद्योग गुमाएका पर्वत कटुवाचौपारीका लामिछानेलाई अमेरिकाबाट सहयोग
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्