न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका प्रमुख तारानाथ पौडेल १ घुससहित रंगेहात पक्राउ परेको विषयमा रिपोर्ट प्रस्तुत गरिएको छ । यसै विषयमा लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।
लोकसेवा आयोगमा परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई खोजि खोजि पैसा दिनेलाई पास गराउने गरेको खुलेको छ । स्याङ्जाका ज्ञानप्रसाद न्यौपानेले लोकसेवा आयोगले लिएको अहेवा चौथो तहको लिखित र मौखिक परीक्षा दिए ।
परीक्षा दिएर घरमै बसेका उनलाई पढाएका शिक्षक तथा जनस्वास्थ्य अधिकृत कमल पाण्डेले लोकसेवा पास हुने भए गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर तारानाथ पौडेललाई सम्पर्क गर्न भनेका थिए । त्यसपछि ज्ञानप्रसादले स्वास्थ्य सेवा अन्तर्गत ११ आंै तहमा कार्यरत डाक्टर पौडेललाई भेटे ।
ज्ञानप्रसादसँगको भेटमा डाक्टर पौडेलले एक लाख दिए लोकसेवामा पास गराइदिने भन्दै १ लाख रुपैया माग गरे ।
सम्बन्धित खबर
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग