पर्वत : काम सुरु गरेको दुई वर्षमै मुस्ताङबाट चीनको सिमाना कोराला नाका पुग्ने सडकको स्तरोन्नति पूरा भएको छ। २९ करोड रुपैयाँ लगानीमा २०७३ सालदेखि सडक स्तरोन्नतिको काम सुरु गरिएकोमा तोकिएको समयभित्रै दिवा–रौताह–एपेक्स जेभीले काम सम्पन्न गरेको हो।
मुस्ताङ सदरमुकाम जोमसोमदेखि चीनको सिमाना कोरला नाका जोड्ने १६ किलोमिटर सडक अन्तरगत छोसेर–कोरला खण्डको स्तरोन्नति गरिएको हो। जोमसोम–कोरला खण्डमा सात वटा प्याकेजमा भइरहेको सडक स्तरोन्नति आयोजनामध्ये कोरला नाकातर्फको अन्तिम प्याकेजको काम सकिएको हो।
ट्रयाक मात्र खोलिएको अवस्थामा रहेको सडक ११ मिटर फराकिलो बनाउनुको साथै नाली, ग्यावियन पर्खाल, मेसिनरी पर्खाल निर्माण र ग्राभेल गरिएको छ। कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले लोमान्थाङ गाउँपालिका १ छोसेरदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने कोरला नाकाको २४ नम्बर पिल्लर सम्मको स्तरोन्नति भएपछि मुस्ताङको कोरला नाका हुँदै चीनसँग व्यापारिक कारोबार गर्न सजिलो हुनेछ।
भौगोलिक प्रतिकूलता हुँदाहुँदै पनि तोकिएको समयमा नै सडकको काम सकाएको निर्माण कम्पनीका प्रतिनिधि सकबहादुर लालचनले बताए। सडक स्तरोन्नतिका लागि ४८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको भए पनि दिवा–रौताह–एपेक्स जेभीले भ्याट सहित २९ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
सडक सजिलो बनेसँगै मालवाहक ट्रकहरु सजिलै लोमानथाङ–चीन आवतजावत गर्न सक्नेछन्। सडक स्तरोन्नतिसँगै कोरला नाका खुलाउन सुरक्षा तयारी र चीन सरकारसँग कुटनीतिक पहल भइरहको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिए। – थाहा खबर
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?