‘निर्मलाहरुको निम्ति न्याय अभियान’: पोखरामा मोटरसाइकल -यालीपछि दीप प्रज्ज्वलन (फोटो फिचर)

‘निर्मलाहरुको निम्ति न्याय अभियान’: पोखरामा मोटरसाइकल -यालीपछि दीप प्रज्ज्वलन (फोटो फिचर)

nirmala nimti (1)

पोखरा, २२ मंसिर । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको १३४ दिन पुगेको छ । अझै पनि प्रहरीले घटनामा संलग्नलाई सार्वजनिक गर्न सकेको छैन । न्यायका निम्ति आवाज उठाउनेहरु भेला भएर मुलुकभर ‘निर्मलाहरुको निम्ति न्याय’ अभियान जारी छ ।

पोखरामा पनि युवाहरु दिनहुँजसो विभिन्न कार्यक्रम आयोजना गरी शान्तिपूर्व खबरदारी गरिरहेका छन् । ‘निर्मलाहरुको निम्ति न्याय’ अभियानले शुक्रबार अपरान्ह ४ बजे पोखरा सिर्जनाचोकमा निर्मलाका हत्यारामाथि कारवाही माग गर्दै दीप प्रज्वलन ग¥यो ।

   

कार्यक्रममा नागरिक समाजबाट ठाकुर बराल, कलाकार सुनिल सिग्देल, डा. बसन्त गौतम, विवेकशील साझाका गण्डकी प्रदेश संयोजक महेश भण्डारी, महेन पहारीको अग्रसरतामा दाह्री ग्याङका सदस्यहरु, एमआरआरका प्रतिनिधिहरु लगायत सहभागी थिए ।

बलात्कार विरुद्ध राष्ट्रिय अभियानले त्यसअघि मोटरसाइकल ¥याली आयोजना ग¥यो । सिर्जनाचोक, सहिदचोक, विरौटा, पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक हुँदै सिर्जनाचोकसम्म मोटरसाइकल ¥यालीपछि दीप प्रज्वलन गरिएको हो । ५ दर्जनजति मोटरसाइकल सहभागी भएको एक अभियन्ता सुरेश पहारीले जानकारी दिए ।

शनिबार दिउँसो १ बजे पनि पोखराको पृथ्वीचोकमा कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ