पोखरा । नेपाल पर्यटन बोर्ड पोखराको आयोजनामा गण्डकी प्रदेशको विशिष्ट पर्यटकीय पहिचान सम्बन्धमा छलफल गर्ने लक्ष्यका साथ सरोकारवाला सहितको उपस्थितिमा एक दिवसीय कार्यशाला पोखरामा शुरु भएको छ ।
कार्यशालामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यअनुरूप पूर्वाधार निर्माणका कामलाई तीव्रता दिइएको बताए ।
नेपालमा पर्यटनको विविध सम्भावना रहेको उल्लेख गर्दै उनले सम्भावनाको अधिकतम उपयोग गर्न सकेमा यो आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे ।
गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकी प्रदेशका होटेलमा हाल दैनिक २५ हजार पर्यटक बस्नसक्ने क्षमता रहेको बताउँदै उक्त क्षमता विस्तार गरी दैनिक एक लाख जना राख्नसक्ने पूर्वाधार तयार गर्नुपर्नेमा जोड दिए ।
अबको पर्यटनलाई नयाँ सोचका साथ अघि बढाउन प्रदेशको स्पष्ट पहिचान आवश्यक भएको बताउँदै उनले त्यसका लागि आयोजित कार्यशाला फलदायी बन्ने विश्वास व्यक्त गरे ।नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने किसिमको पर्यटकीय विकास वर्तमानको आवश्यकता भएको बताए ।
प्रत्येक प्रदेशको आ–आफ्नै पर्यटकीय विशिष्टता भएको बताउँदै उनले तिनै विशिष्ट पहिचानका आधारमा पर्यटकीय पूर्वाधारलाई अघि बढाउनुपर्नेमा जोड दिए । पर्यटन विज्ञ टेरेन्स दि कोस्टाले प्रत्येक राज्य एवं प्रदेशको आफ्नै पर्यटकीय पहिचान हुने बताउँदै पहिचानका आधारमा पर्यटकीय पूर्वाधार लगायतको विकास प्रभावकारी बन्ने उल्लेख गरे ।
नेपाल पर्यटन बोर्ड पोखरा कार्यलयका प्रबन्धक सूर्य थपलियाका अनुसार गण्डकी प्रदेशको विशिष्ट पर्यटकीय पहिचान सम्बन्धमा छलफल हुने कार्याशालामा पर्यटन समृद्ध निकायका प्रतिनिधि एवं सरोकारवालासहित ८० जनाको सहभागिता छ । रासस
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा