पोखरा । स्मार्ट शहर बनाउने लक्ष्य लिइएको पर्यटकीय शहर पोखराका सडक ढाकिएको गुजुल्टिएको तार पन्छाउन चुनौति छ । विहीबारदेखि यो काम सुरु भएको छ । बिजुली, केबुल, टेलिफोन र इन्टरनेटका अव्यवस्थित तारका कारण दुर्घटनाको जोखिम त बढेको छ नै, सडक छेउका पोलमा अब्यस्थित तारहरुले शहर कुरुप बनेको छ ।
महानगरभित्र विभिन्न सेवा प्रदायक संस्थाहरुले एउटै पोलबाट धेरै तारहरु वितरण गर्दा यस्तो समस्या निम्तिएको हो । यसले महानगरबासीलाई मात्र हैन, यहाँ आउँने पर्यटकमा पनि त्रास उत्पन्न गराएको छ ।
शहर कुरुप बनेको भन्दै पोखरा महानगरले तारहरुलाई व्यवस्थित गर्ने काम सुरु गरेको छ । पोखराको सिद्धार्थचोकबाट विहीबारदेखि काम सुरु भएको छ । महानगरले नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संस्था, नेपाल टेलिकम, केवल व्यवसायीको साथमा तार व्यवस्थापन गर्ने काम सुरु गरेको हो ।
महानगरले सुचना प्रकाशित गरेपछि नेपाल टेलिकम, नेपाल विद्युत प्राधिरण, एनसेल सहित बाराही इन्टरनेट, टेलनेट प्रा.लि., पोखरा केवल, वल्र्ड्लिंक कम्यूनिकेशन र पोखरा इन्टरनेट संस्थाहरुसँगको मंगलबार भएको बैठकले तार व्यवस्थापन सहजिकरण समिति गठन गरेको थियो ।
महानगरले पहिलो चरणमा सिद्धार्थ चोक, विपी चोक, न्यूरोड, सभागृह चोकको तार व्यवस्थित गर्ने भएको छ । महानगरका प्रमुख मानबहादुर जिसीले सिद्धार्थचोकमा बिहान एक कार्यक्रमका बीच कार्यक्रमको उद्घाटन गरे । उनले पोखरालाई सुन्दर बनाउन यो अभियान आवश्यक रहेको र सबैको साथ मिल्ने अपेक्षा गरे ।
अभियान दोश्रो चरणमा विपीचोक, साँघुको मुख, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, सभागृहचोक, तेस्रो चरणमा सभागृहचोक, सृजनाचोक, जिरो किमी, हल्लनचोक र चौथो चरणमा हल्लनचोक, सहिदचोक, मुस्ताङचोक सम्मका पोलका तारलाई व्यवस्थित गर्ने गरि कार्ययोजना बनाएर काम सुरु गरिने मेयर जिसीले बताए ।
पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल सहित बसेको बैठकले महानगरका उपसचिव तथा सुचना अधिकारी गंगालाल सुवेदीको संयोजकत्वमा तार व्यवस्थपान सहजिकरण समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा नेपाल टेलिकमका शेषकान्त बस्याल, नेपाल विद्युत प्राधिकरणका इन्जिनियर आनन्द सापकोटा, एनसेल नेपाल सुवोध रेग्मी, बाराही इन्टरनेट सुरेन्द्र बहादुर थापा, व्ल्क्ष्ऋत् सोमराज गुरुङ, टेलनेट प्रा.लि बिनोद हुगाई, पोखरा केवल मनोज गुरुङ्ग, पोखरा ईन्टरनेट अजित तामाङ, वल्र्ड्लिंक कम्यूनिकेशन विनोद के.सी., महानगरका नगर प्रहरी असई पुरुषोत्तम थापा, सूचना प्रविधि अधिकृत, पोखरा महानगरपालिका ई.अशोक द्वारे रहेका छन् ।
पोखरा महानगरद्वारा अव्यवस्थित रुपमा रहेको अनावश्यक तारहरु हटाउने कामको थालनी गर्दै सिद्धार्थ चोकबाट
https://www.facebook.com/OfficialParichayNetwork/videos/2319688634931979/
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’