गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को विजेता सिडी विजय अधिकारी भएका छन् । कतारको दोहामा भएको ‘दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनालेमा तीन जनालाई पछि पार्दै उनी विजेता बनेका हुन् । उनी टिम दिप श्रेष्ठबाट हुन् । सिडी विजय ‘प्रथम बिग आइकन’ र ‘दोस्रो खोजी प्रतिभा’ मा उपविजेता बनेका थिए
नेपालमा पहिलो पटक भएको ‘दि भ्वाइस अफ नेपाल’को टाइटल उनले आफ्नो पोल्टामा पारेका हुन् । टाइटलसँगै उनले २५ लाख रुपैयाँ नगद, ब्रान्ड न्यु कार, २० लाख बराबरको एल्बम कन्ट्रयाक र विश्व भ्रमणको अवसर पाएका छन् ।
फिनालेमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी विजय अधिकारी, टिम प्रमोद खरेलबाट श्रिजे थपलिया र टिम अभया सुब्बाबाट कुशल आचार्य फिनालेमा पुगेका थिए । ब्लाइण्ड अडिसनमा टीम प्रमोदबाट उनको यात्रा सुरु भएपनि ब्याटल राउण्डमा रोजाइमा नपरेपछि निर्णायक दीप श्रेष्ठले आफ्नो टीममा भित्राएका थिए । जसकारण, उनको यात्रा रोकिएन ।
सिडी विजय पहिल्यै स्थापित गायक हुन् । उनले जोखिम मोलेरै प्रतियोगितामा भाग लिएका थिए । अन्ततः उनी दर्शकका मायाका कारण पहिलो भ्वाइस अफ नेपालको उपाधि जित्न सफल भए ।
नेपालको पहिलो फ्रेञ्चाइज शो ‘नेपाल आइडल’ को पहिलो उपाधि पनि धादिंग घर भइ पोखरामा बस्दै आएका बुद्ध लामाले जितेका थिए । यसको दोस्रो संस्करणको फाइनलमा पोखराबाट विक्रम बराल छन् । पोखरेलीहरु विक्रमलाई उपाधि जिताएर पोखरा हार्न नजान्ने भन्दै सामाजिक सञ्जाल रंगाइरहेका छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा