अढाइ वर्षदेखि भिसाको म्याद नघाएर नेपाल बसिरहेको ४ सदस्यीय रुसी परिवार पक्राउ परेको छ। उक्त परिवार पोखरा आसपासमा मजदूरी गरेर बसेको अवस्थामा २६ मंसिरमा पक्राउ परेको हो। यो खबर हिमाल खबरले प्रकाशित गरेको छ ।
पक्राउ पर्नेहरूमा रुसी नागरिक खामोव दिमित्री (४६), उनकी श्रीमती कोभालिन्को भेलिरिया (२६), उनीहरूका छोराहरू कोभिलिन्को बोग्दान (३) र ११ महिने इमेलिन छन्।
अध्यागमन कार्यालय पोखराले उनीहरूलाई पोखरा-६ खहरेखोला नजिकबाट पक्राउ गरेको हो। उक्त परिवार त्यहाँ छाप्रो बनाएर बसेको थियो। र, मजदूरीबाट पालिएको थियो। “यो परिवार कहिले वरपरका किसानकहाँ त कहिले होटलमा मजदूरी गर्दो रहेछ,” अध्यागमन कार्यालय पोखराका प्रमुख सन्तोष लामिछानेले भने।
गाउँ नजिकैको खुला ठाउमा अचम्मसँग एउटा विदेशी परिवार केही वर्षदेखि बसिरहेको बताउँदै गाउँलेले अध्यागमन कार्यालय पोखरामा खबर गरेपछि उनीहरू पक्राउ परेका हुन्।
१२ अप्रिल २०१६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पर्यटक भिसामा काखे छोरो कोभिलिन्को बोग्दान लिएर नेपाल प्रवेश गरेका थिए, दिमित्री र भेलिरिया। ११ महीनाअघि पोखरामै जन्मेका हुन्, इमेलिन। यो परिवार गाउँलेसँग सामान्य छिमेकीझैं मिलेर बसेको थियो।
अध्यागमन विभागले उनीहरूको नेपाल बसाइको ‘ओभर स्टे’ (भिसा म्याद नाघेपछिको बसाइ) ९७७ दिन भएको जनाएको छ। अध्यागमन कानूनअनुसार भिसाको म्याद गुजारेर नेपाल बस्दा जनही प्रतिदिन ५ अमेरिकी डलर जरिवाना लाग्छ। त्यस्ता व्यक्तिलाई कारवाहीपछि उनीहरूको देश ‘डिपोर्ट’ गर्ने गरिन्छ।

आफ्ना २ छोराका साथ अध्यागमनको हिरासतमा रुसी नागरिक दिमित्री र भेलिरिया ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ