गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । पोखरामा एकपछि अर्को चोरी गर्ने दुई चोरहरु गण्डकी टेलिभिजनबाट प्रशारण हुने गण्डकी छड्के कार्यक्रमबाट भाइरल बन्न पुगे । एउटा चोर दिदीको पसलबाट ल्यापटप चोरेर भाइको पसलमा बेच्न पुगेका थिए भने अर्को चोर सुनपसलमा सिसी टिभी क्यामेरादेखि सजग भएपनि आफ्नो अनुहार लुकाउन सकेका थिएनन् । यी दुई चोरहरु अपिल त्रिपाठीले सञ्चालन गरेको युट्युब च्यानल फलानो न्यूजमार्फत भाइरल बन्न पुगे । अन्ततः उनीहरु कास्की प्रहरीको फन्दामा परेका छन् ।
काठमाण्डौ घर बताउने अशोक थापाले मोबाइल पसलमा रिसेप्सनमा राखिएको ल्यापटप र ६ वटा मोबाइल चोरेका थिए । उनले आफूले लागूपद्धार्थ सेवन गरेका कारण सिसि टिभि क्यामेराबारे थाहा भएपनि यसबारे सोच्न नसकेको बताए ।
यस्तै, पोखराका विभिन्न सुनचाँदी पसल, किराना पसल तथा मोबाइल पसलहरुको चोरीमा संलग्न कपिलबस्तु घर भइ हाल पोखरा १० शान्तिपथ बस्ने २२ वर्षका दिपिन भन्ने ईन्द्र बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चोरीका घटनाहरु बढेपछि प्रहरीले टोली नै खटाएर खोजतलास गरिरहेको थियो । चोरी अनुसन्धान तथा नियन्त्रण गर्न विषेश प्रहरी टोली गठन गरी सुरक्षा स्थितिलाई मध्यनजर राख्दै व्यापक रुपमा एम्बुसिङ, प्रहरी परिचालन गरी चोरी गर्ने व्यक्तिको निगरानी गर्ने र विभिन्न चोरी भएका पसलहरुमा रहेका सिसी क्यामेरा फुटेजहरु हेरी संकित व्यक्तिको खोज तलास गर्ने क्रममा थापा पक्राउ परेको प्रहरीले जनाएको छ ।
पोखरा १२ हस्पिटल चोकस्थित सुनचाँदी पसलमा चोरी गर्दै गर्दाको अबस्थामा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी निरीक्षक दीपक केसीको कमाण्डमा खटिएको प्रहरी टोलिले चोरीका सामानहरु सहित चोर पक्राउ गरेको हो । असई सन्तोष सुवेदी लगायतको टोली खटिएका थिए ।
हेर्नुहोस् भिडियोः
प्रहरीले ईन्द्र बहादुर थापाको साथबाट पक्राउ गरेका सामानहरुको लिष्ट यस्तो छ:
– चादीको कल्ली १ जोर,
– चादीको फोल्डीङ वाला १ जोर
– चादीको चुरा १ थान
– चादीको वाला १ थान
– चादीको सिक्री ३ थान
– चादीको पञ्चरत्ने वाला २ पीस
अनुसन्धान पछि खुलेको तथ्यहरु
निजले मिति २०७५।०८।२१ गते पोखरा ११ रानिपौवा स्थितमा मोबाईल र सुनचादी
पसलमा चोरी गरेको ।
मिति २०७५।०८।२४ गते बिहान पोखरा १५ घलेचोक स्थितमा दुई बटा सुनचादी
पसल, १ बटा किराना पसलमा चोरी गरेको
निजले चोरी गरेको सामान आफ्नै कोठामा राखेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको
र निम्न बमोजिमको सामानहरु निजको कोठाबाट बरामद गरिएको
– चादीको औठी १ थान
– घडी १ थान,
– मोबाईल २ थान,
– सानो कैची १ थान,
– 16gb र 8gb को memory card १/१ थान ।
– ३४’ लामो फलामको रड १ थान ।
1) सुनको कटारी गेडी ९ पीस
2) सेतो चादीको बाला १ थान
3) चादीको पत्थरबाला औठी २ थान
4) चादीको गोलो पाउजु १ थान
5) चादीको ड्यासवाला पाउजु १ जोर
6) मोबाईल २ थान,
7) चोरी गर्न प्रयोग गर्ने फलामको हथौडा १ थान,
8) हरियो विड भएको screwdriver १ थान,
9) मोमोरीकार्ड २१पिस
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु