पोखरा / राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निर्माण तोकिएको भन्दा ६ महिना पहिले नै सक्ने गरि कामलाई तीव्र पारिएको छ । अहिले सम्म २० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भए पनि तोकिएको समय भन्दा ६ महिना अघि नै सक्ने गरी युद्धस्तरमा काम भइरहेको चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईका साइड म्यानेजर मिस्टर झुले जानकारी दिए ।
अहिले विमानस्थलको रनवे, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चढ्ने र ओर्लने स्थान), ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम तीव्र गतिमा भइरहेको ठेकेदार कम्पनी सीएएमसीईका जनसम्पर्क अधिकारी कृष्ण चापागाईंले बताए । अहिले चिनियाँ एक सय जना मजदुर र नेपाली तीन सय गरी चार सय जनाले काम गरिरहेको पनि उनले बताए ।
https://www.facebook.com/gandaknews/videos/538044059942749/
सन् २०१७ को नोभेम्बर महिनादेखि विमानस्थलको निर्माण सुरु भएको काम सन् २०१९ भित्र ६० प्रतिशतभन्दा बढी काम सकिने र सन् २०२० भित्र सबै काम सकिने गरी काम भइरहेको साइड म्यानेजर झुले बताए । विमानस्थल निर्माण छिटो सम्पन्न गर्ने नाउँमा गुणस्तरमा सम्झौता भने नहुने उनले सुनाए । अहिले रनवेको थर्ड लेबलको काम अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए ।
एक महिनाभित्र थर्ड लेबलको काम सबै सकिने र सन् २०१९ को ६ महिनाभित्र रनवेको सम्पूर्ण काम सकिने गरी काम भइरहेको पनि उनले बताए । पोखरा अन्तराष्ट्रिय विमानस्थलको रनवे ढलान गरी निर्माण भइरहेको छ । विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्वायर मिटरमा बन्नेछ । आठ हजार स्क्वायर मिटर अन्तराष्ट्रिय उडानका लागि र ६ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि प्रयोग गरीने छ ।
टर्मिनल भवनमा वार्षिक पाँच लाख क्षमताको हुनेछ । यसको साथै अर्को छुट्टै टर्मिनल भवन पनि निर्माण गरिने पनि नागरिक उड्डयन प्राधिकरणले बताएको छ । सन् २०२१ को जुलाईसम्म पोखरा अन्तराष्ट्रिय विमानस्थलको काम सकेर सञ्चालनमा ल्याउने गरी निर्माण तालिका बनाएर काम अघि बढेको हो । पोखरा महानगरपालिका १० र १४ मा पर्ने जमिनमा चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईले काम गरेको छ । निर्माण कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ ।
झन्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । अन्तराष्ट्रिय उड्यान संस्था (आइकाओ) को मापदण्ड अनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् । दुई हजार पाँच सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता एक सय ९२ हाराहारीमा हुनेछ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’