पोखरा । पोखराकी योरुना पुन (नेहा) को बलात्कार प्रयासपछि हत्याको घटनाको फैसला हुन दुई वर्ष बढी लाग्यो । तर, उस्तै प्रकृतिको घटना श्रीया सुनार बिकको हत्या मुद्धाको फैसला कुर्न धेरै समय पर्खनुपरेन । नयाँ ऐन अनुसार हत्यारालाई आजिवन कैदको सजाय कास्की जिल्ला अदालतले सुनाएको छ ।
गत असोज ९ गते पोखरा – २२ पुम्दिभुम्दि, कोदीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कार पछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । कास्की जिल्ला अदालतका न्यायधीश योगेन्द्र प्रसाद शाहको ईजालसले उनलाई जन्मकैदको सजाय सुनाएको हो ।
पोखरा महानगरपालिका २२ का मीनबहादुर विकको जाहेरीको आधारमा २७ बर्षिय पौडेललाई जन्मकैदको फैसला सुनाईएको अदालतले जनाएको छ । पौडेलमाथी भएको जन्मकैदको फैसला नेपालको ईतिहासमै पहिलो फैसला हो । मुलुकी अपराध संहिता २०७४ ले ६ किसिमको अपराधलाई जिवित रहँदासम्म कैदको व्यवस्था गरेको छ ।
जसमा बलत्कार पछिको हत्या पनि एक हो । मुलुकी अपराध संहिता ऐन २०७४ दफा ४१ (च) अनुसार कुसुमले जवर्जस्ती करणी गरी ज्यान मारेको ठहर भएकाले उनी अब जीवनभर जेल बस्नुपर्ने भएको छ । बलात्कारपछि हत्या गरेको आरोपमा २४ घण्टा नपुग्दै पक्राउ परेका कुसुमले अदालतमा आफूले बलात्कारपछि हत्या गरेको बयान दिएका थिए ।
जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्ले,सहायक जिल्ला न्यायाधिवक्ता नवराज रेग्मी र पूर्णप्रसाद शर्माले पौडेलको विपक्षमा बादीको तर्फबाट बहस गरेका थिए । त्यस्तै, प्रतिबादीको तर्फबाट वैतनिक अधिवक्ता कृष्णकुमार श्रेष्ठले बहस गरेका थिए । दोषीउपर कडा सजायको माग गर्दै श्रीयाका आफन्तले एकसातासम्म आन्दोलन गरेका थिए । हत्या आरोपमा पौडेल गत असोज १० गते नै पक्राउ परेका थिए ।
सम्बन्धित समाचार:
श्रीयाको बलात्कार गरी हत्या गर्ने छिमेकी कुशुम पौडेल पक्राउ
नेहा हत्या प्रकरण: यौन प्रस्ताव अस्विकार गरेपछि हत्या, अभियुक्त सतिशसँग सम्बन्ध
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’