दाङ । सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बस दुर्घटना हुँदा दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
घटनास्थलमा उद्वारका लागि पुगेका ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी प्रेम शाहीका अनुसार ३ जना महिला र १३ जना पुरुषसहित १६ जना मृतकको शव फेला परेको जानकारी दिए ।
५ जना पुरुष र १ जना महिलासहित ६ जनाको जिवितै उद्वार गरिएको उनले बताए । उनले उक्त बसमा ३० देखि ३५ जना सम्म चढेको अनुमान गरिएको जानकारी दिए । मृतक र घाईतेको नाम विवरण भने खुल्न नसकेको उनले बताए ।
तुलसीपुर उप-महानगरपालिका ३ राम्री भन्ने ठाउँमा बा ४ ख ९७६६ नम्बरको बस सडकबाट ६/७ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा प्रहरी पुगेर उद्दार सुरु गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम शाही नेतृत्वको १९ जनाको टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजनकुमार गौतमको कमाण्डमा १७ जनाको प्रहरी टोली खटिएको छ ।
दुर्घटनास्थल तुलसीपुरबाट १३ किलोमिटर उत्तरमा पर्छ । प्रहरीले चार जना घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल ल्याएको छ ।
सम्बन्धित खबर
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह