पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला पोखरामा छन् । औपचारिक कार्यक्रम तालिका सार्वजनिक नगरिकनै उनी विभिन्न कार्यक्रमहरुमा सहभागी भैरहेका छन् । शनिवार उनले विन्ध्यवासिनी मन्दिरमा पुजा गरे ।
सवा ११ बजे पुजाको कार्यक्रम भनिएपनि उनी केही ढिलो गरि मन्दिर पुगेका थिए । पूर्वराजाले शनिवार विन्ध्या\वासिनी आउजाउ गर्दा आँफैले गाडी हाँके । अघिपछि पूरै प्रहरीको स्कर्टिङ थियो । रातो ज्याकेटमा देखिएका ज्ञानेन्द्रले आफ्नो गाडी आँफै हाँकिरहेका थिए ।
मन्दिर जाँदा उनी अधिकांश आँफै गाडी चलाउने गर्छन् । ‘सरकारले कहिलेकाहीँ आफै चलाउनुहुन्छ । पोखरामा पनि दर्शन गर्न जाँदा आँफैले गाडी हाँक्नुभयो, शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत भन्छन्–आफ्नो ठाउँ भएर कन्फिडेण्ट लागेको होला । वहाँ खुशी हुनुहुन्छ ।’ शाह पुजा सकेर पुनः दोविल्ला फर्किएका छन् ।

उनी नयाँ बर्ष मनाएर मात्रै फर्किने बताईएको छ । निजी भ्रमणका लागि पोखरा आएका शाह दुईसाता बस्नेछन् । पूर्व राजपरिवारका थप सदस्यहरु केहीदिनपछि पोखरा आउँदैछन् । उनीहरु दोविल्ला स्थित माउण्ट ग्लोरी रिसोर्टमा बसिरहेका छन् ।

Photo: Surya Bastola
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु