रञ्जन अधिकारी, पोखरा । शरीर स्वस्थ बनाउन साइकल उपयोगी छ । साइकल चढ्न इन्धन पनि चाहिँदैन । तर, इन्धनसँग सरोकार राख्नेले नै इन्धनविहीन साइकललाई प्रवद्र्धन गर्दैछ । प्रायः आफ्नो व्यवसाय प्रवद्र्धन गर्ने हिसाबले सहयोग गरिएको हुन्छ । अपवादका रुपमा नेपाल आयल निगम र गण्डकी धौलागिरी पेट्रोलियम डिलर एशोसियसन देखिएका छन् । उनीहरुले सहयोग गरेको कार्यक्रमको थिम नै ‘BURN FAT, NOT FUEL’ रहेको छ , जसको अर्थ नै इन्धन निषेध छ ।
पोखरामा आगामी पुस १४ गते साइकल सिटी पोखराले ‘टुर दि पोखरा २०१८’ कार्यक्रम आयोजना गर्दै गर्दा आयल निगम र एशोसियसनले साथ दियो । किन त ? आयल निगम गण्डकी प्रदेश कार्यालय प्रमुख बिनी श्रेष्ठ भन्छिन्ः ‘हामी इन्धन व्यवसाय मात्र गर्दैनौं । सबैलाई थाहा छ, नेपालले शत प्रतिशत आयात गर्न बाध्य रहेको चीज भनेकै ईन्धन हो । ईन्धन खपत कम गर्न सक्यौं भने व्यापार घाटा कम हुन्छ, अर्थतन्त्रलाई टेवा पुग्छ । व्यवस्थापन गर्ने हो, देशको अर्थतन्त्रलाई टेवा हुने काम गर्ने हो ।’ उनले इन्धनको प्रयोग जति कम भयो उति नै वातावरणीय अनुकुलता हुने पनि बताईन् ।
गण्डकी धौलागिरी पेट्रोलियम डिलर एशोसियसन अध्यक्ष राजन गोंगजुले पनि प्रत्येक वर्ष इन्धन खपत दर झण्डै २५ प्रतिशतले बढ्दै जाँदा अब यसलाई कम गर्नतर्फ लाग्नुपर्ने भन्दै आफ्नो ठाउँबाट सहयोग गरेको बताए । सवारी चालकले प्रतिमहिना एक लिटर मात्र इन्धन कम गरेपनि त्यसले सहयोग पुग्ने बताउँदै छोटो दुरीमा साइकल नै चढ्न सुझाए । नेपालमा वार्षिक २ खर्ब भन्दा माथि इन्धन खपत हुन्छ । भारतसँगको व्यापार घाटामा यही नै प्रमुख हो । पोखरामा मात्र वार्षिक १४ अर्बको इन्धन खपत हुन्छ । यहाँ दैनिक पेट्रोल सवा लाख लिटर र डिजेल साढे २ लाख लिटर खपत हुन्छ ।
https://www.facebook.com/gandaknews/videos/388041775071967/
विगत चार वर्षदेखि साइकल चढ्न प्रेरित गर्ने उद्देश्यले साइकल सिटी पोखराले टुर दि पोखरा कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष एवं यस कार्यक्रमका संयोजक प्रकाश बज्राचार्यले जानकारी दिए । सन् १९०३ मा ३५ जनाबाट सुरु भएको दुर दि फ्रान्सको सिको गर्दै यहाँ पनि यही कार्यक्रम आयोजना गरियो । अहिले पोखरामा मात्रै हरेक वर्ष सयौं साइकल यात्री भेला हुन्छन् । यस वर्ष पनि आयोजकले ८ सय देखि १ हजार साइकल चालकलाई भेला पारी झण्डै २८ किमि साइकल यात्रा गराउने लक्ष्य लिएको छ ।

पोखरा रंगशालाबाट सुरु भई अमरसिंहचोक, रानीपौवा, महेन्द्रपुल, तेर्सापट्टी, भैरवटोल हुँदै सिम्पानी निस्केर हरिचोक, जिरो किमि, लेकसाइड, राष्ट्र बैंकचोक, बिरौटा चोक, पृथ्वीचोक हुँदै पुनः रंगशाला पुगी समापन हुने टुर दि पोखरा कार्यक्रम अधिकृत माधव भण्डारीले जनाए ।

कार्यक्रम बिहान ७ बजेदेखि सुरु हुनेछ । सहभागिताका लागि एक हजार र एक सय शुल्क लाग्नेछ । एक सयमा खाजा, मिनिरल वाटर र मेडल पाउनेछन् भने यी बाहेक ज्याकेटका लागि १ हजार शुल्क तोकिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले आफू स्वस्थ बन्न र वातावरण स्वस्थ राख्न साइकलको प्रयोग अपरिहार्य रहेको भन्दै साइकल लेनका लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताए । प्रत्येक वर्ष झैं यस वर्ष पनि साइकल क्षेत्रमा योगदान दिनेलाई सम्मान गरिने आयोजकले जनाएको छ ।


सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो