पुस २४ गते मनाङको हुम्डे विमानस्थलमा पोखरादेखि जहाजले उडान भर्ने भएको छ। लामो समयदेखि बन्द रहेको यो विमानस्थललाई नै सञ्चालन गरिने भएको हो। तत्कालको लागि साप्ताहिक रुपमा उडान भर्ने भएतापनि यात्रु भएको खण्डमा भने नियमित सञ्चालन गर्न सकिने गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले जानकारी दिए।
२०७१ बैशाख देखि मनाङको एकमात्र हुम्डे विमानस्थलमा कुनै पनि एयरलाइन्सले उडान भर्न नसक्दा मनाङको जनजीवन प्रभावित हुँदै आएको थियो। समुद्री सतहदेखि ११ हजार १ सय ४५ फिट उचाइमा रहेको हुम्डे विमानस्थलमा ०३९ साल असोजबाट निगमले मनाङ–पोखरा र पोखरा–मनाङको उडान भर्न सुरु गरेको थियो। अब मनाङमा उत्पादन हुने स्याउ, जडीबुटी आदि हवाई सेवा बाट निर्यात गर्न सहजहुने भएको छ भने विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा आन्तरिक तथा विदेशी पर्यटक बढ्न सक्ने अनुमान गरिएको छ।
पोखरादेखि बाराको सिमरा तथा पोखरा–मनाङ सिधा जहाज सञ्चालन हुने भएको हो। गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७५र०७६ को नीति कार्यक्रममार्फत पोखरालाई सातवटै प्रदेशसँग हवाईमार्गबाट जोड्ने उल्लेख गरेको छ।
सोही नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सोमबार प्रदेशका पर्यटनमन्त्री लम्सालसहित छलफलमा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको टोली र स्थानीय तहका जनप्रतिनिधीहरुले जहाज उडाउने निर्णय गरेका हुन्।
उता बाराको सिमरा उड्ने जहाजले भने माघ दोश्रो सातादेखि उडान भर्नेछ। दुवै ठाउँका लागि आवश्यक तयारी थालिएको र विमान स्थलको प्राविधिक अवस्थाबारे अध्ययन गर्न प्राधिकरणले केही दिनमै टोली पठाउने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले जानकारी दिए।
उनका अनुसार जहाज उडानका लागि यात्रु सुनिश्चितताको जिम्मा सम्बन्धित स्थानिय तहले लिनुपर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्झौंता गर्ने छ। यात्रु सुनिश्चितताको जिम्मा सिमराको लागि जितपुर उपमहानगरपालिका र मनाङ जिल्लाका स्थानिय तहहरुले सहमति जनाइसकेका छन्।

सिमरा जितपुरमा भने पोखरादे ि पहिलो पटक जहाज उड्ने छ। उक्त स्थान बाट जहाज उडान भर्न थालेपछी पर्यटकीय तथा व्यापारिक गतिविधी बढ्ने अपेक्षा लिईएको छ।
उडान सञ्चालन भएपछि प्रदेश सरकारले लिएको पर्यटन सम्बन्धि लक्ष्य पुरा गर्न सहज हुने मन्त्री विकास लम्सालले बताए। गण्डकी प्रदेश सरकारको सन् २०२० सम्म २० लाखपर्यटक भित्र्याउने लक्ष्य अनुरुपनै पर्यटक मैत्री पूर्वाधारको विकास गर्नेकाम अगाडी बढिरहेको उनले बताए।
पोखरा बाट सातै ओटा प्रदेशका लागि सिधा हवाई जहाज उडान भर्न आवश्यक तयारी थालिएको र नेपालनागरिक उड्डयन प्राधिकरणलाई यथाशक्य छिटो अन्तरप्रदेश भित्र उडान तालिका सार्वजनिक गर्न निर्देशन दिइएको लम्सालको भनाई छ। मुलुकको व्यापार घाटा कम गर्न तथा बिदेशीतथा स्वदेशी पाहुनाको सहज, सरल र सुविधायुक्त आगमनका लागि पोखरा बाट सातै प्रदेशका लागि जहाज उडाउने कार्य अगाडि बढाइएको हो।
यस्तै, सरकारले हरेक स्थानीय तहमा हेलिप्याड बनाउने नीतिअनुरुप स्थानीय तहसँग समन्वय गरि यो कार्यलाई पनि अगाडि बढाइएको उनले बताए।

- विशन क्षेत्री तस्विरः नेगम परियार
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’