पोखरा । पोखराको लेकसाइड स्थित रेष्टुरेण्टमा आफूसँगै बसेका ग्राहकको खल्तीबाट मोबाइल चोरी गर्ने स्याङ्जाका साहिल अलि पक्राउ परेका छन् ।
बिहीबार राती लेकसाइडको ‘बिजी बी’ रेष्टुरेण्टमा रातको १२ बजेको समयमा पोखरा फुलबारीका आयुस मगरको ज्याकेटको खल्तीबाट ‘आइफोन एक्स’ मोबाइल चोरी गरी भागेका अलि शुक्रबार राती लेकसाइड स्थित अतिथी रिसोर्ट अगाडीबाट पक्राउ परेका हुन् ।
मोबाइल चोरी भएपछि वडा प्रहरी कार्यालयमा मगरले उजुरी दिएका थिए । मगरको उजुरी पश्चात वडा प्रहरी कार्यालय बैदामले रेष्टुरेण्टको सिसी क्यामेरा फुटेजको आधारमा चोरी गर्नेको पहिचान गरि खोजीकार्य तीब्र बनाएको थियो । सोही क्रममा शुक्रबार राती वडा प्रहरी कार्यालय बैदामको सादा पोशाकको प्रहरी टोलीले अलिलाई स्कुटर सहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएपछि अलिले शुरुमा आफुले चोरी गरेको भनी स्वीकार गरेका थिएनन् । प्रहरीले स्कुटरको डिकी खोली हेर्दा चोरी भएको मोवाइल भेटिएको वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।
वैदाम प्रहरी प्रमुख कार्कीका अनुसार सिसी क्यामेराको आधारमा रेष्टुरेण्टमा चोरी गर्ने चोर समातिएको यो पहिलो घटना भने होइन । यसअघि सिसी क्यामेराको आधारमा ट्याक्सीमा छुटेको चार लाख रुपैया समेत बैदाम एरियाकै सिसी क्यामेरा फुटेजको आधारमा फेला पारेर दिइएको छ भने छोरेपाटनमा राखिएको सिसी क्यामेराको आधारमा केही साइकल चोरहरुलाई समेत पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको कार्कीले वताए ।
वडा प्रहरी कार्यालय वैदामको मातहताम रहने गरी लेकसाइडको खहरे देखी डिहिको पाटन सम्म २६ ठाउमा सिसी क्यामेरा राखिएको छ ।
गिता राना मगरले मेरो हेडलाइन डटकममा लेखेका छन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो