क्रिस्टियानो रोनाल्डोले सोमबार पाँचौंपल्ट फिफाको उत्कृष्ट वर्ष खेलाडी जिते । तर उनको भोक अझै मरेको छैन । उनी चाहन्छन्, सातपल्ट यही अवार्ड जित्ने । रोनाल्डोको रियल म्याड्रिडले गत सिजन ला लिगा जित्यो, च्याम्पियन्स लिग पनि । त्यसैले लन्डनमा आयोजित स्टार व्यक्तित्वहरूले भरिएको कार्यक्रममा उनकै प्रभुत्व चल्यो । यी पोर्चुगाली तगडा खेलाडीले आफ्नो देश र क्लबका लागि अहिलेसम्म ४८ खेल खेलेका छन् । गोल भने ४४ ।
त्यसमध्ये कार्डिफमा युभेन्ट्सविरुद्ध भएको च्याम्पियन्स लिग फाइनलको ४–१ जितमा उनी एक्लैले गरेको दुई गोल पनि पर्छ । दिन थियो, जून ३ । त्यसैले उनलाई आफ्ना दुई पारम्परिक प्रतिद्वन्द्वी खेलाडी बार्सिलोनाका लियोनल मेसी र पेरिस सेन्ट जर्मेनका नेयमरलाई उछिन्न केही गाह्रो भएन । तर म्यानचेस्टर युनाइटेड र रियलका लागि लगातार एकपछि अर्को सफलता चाख्दै आएका रोनाल्डोलाई चित्त बुझेको छैन । न त उनी सन्तुष्ट नै छन् ।
उनी भन्छन्, ‘म सातौंपल्ट यो अवार्ड जित्न चाहन्छु । पाँच अवार्ड पनि ठिकै हो, तर मेरा लागि सात भाग्यमानी अंक हो । यस्तो भए, निकै राम्रो हुनेछ ।’ गत वर्ष उनले पहिलो संस्करणको वेस्ट फिफा मेन्स प्लेयर अवार्ड जितेका थिए । योसँगै फिफा र फ्रान्सेली फुटबलको बेलन डी’ओरबीच ६ वर्षको सहकार्य टुटेको थियो । अहिले ३२ वर्ष छुँदै गरेका रोनाल्डोले सन् २००८ मा पहिलोपल्ट फिफा वल्र्ड प्लेयर अफ द इयर अवार्ड जितेका थिए ।
यो नै बेस्ट फिफा अवार्डको पुरानो संस्करण हो । यस्तोमा रोनाल्डोले पछिल्ला दुई फिफा मेन्स अवार्डसँगै बेलन डी’ओरका पछिल्ला चारमध्ये तीन संस्करण आफ्नो नाममा लेखाएका छन् । ‘मलाई मतदान गर्नुहुने सबैलाई धन्यवाद,’ ट्रफी हात पार्दै रोनाल्डोले भने । लन्डनको प्यालाडिम थिएटरमा उनलाई अवार्ड दिने काम गरेका थिए, विश्व फुटबलका पुराना महान् खेलाडीद्वय अर्जेन्टिनी डिएगो म्याराडोना र ब्राजिली रोनाल्डो ।
रोनाल्डोले थपे, ‘यहाँनिर लियो र नेयमरको नाम लिनै पर्छ । अनि मलाई र क्लबलाई समर्थन गर्ने सबै, साथी खेलाडी, प्रशिक्षकलाई पनि सम्झिनु आवश्यक छ । पहिलोपल्ट मैले इङल्यान्डमा यो अवार्ड थाप्दै छु, यो मेरा लागि निकै सम्झनालायक क्षण रहेको छ । फेरि एकपल्ट सबै प्रशंसकलाई धन्यवाद ।’
रोनाल्डोले अहिलेसम्म हात पारेको सफलताको रहस्य के हो त ? उनले एकै वाक्यमा खुबै सटिकपूर्ण ढंगले भने, ‘प्रतिभाशाली खेलाडीले पनि मिहिनेत भने गर्नुपर्छ, सफलताका लागि ।’ सबै अवाक हुने चित्तबुझ्दो जवाफ थियो, त्यो ।
– एएफपी, लन्डन
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो