संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदनबाट आफू अचम्मित भएको प्रतिक्रिया दिएका छन् ।
मन्त्री अधिकारीले वाइडबडी प्रकरणमा आफू पनि मुछिएको घटनाबाट दुःखी र अचम्मित भएको बताए । मन्त्रालयको मुख्य व्यक्ति भएकाले केही कन्सर्न आउनु स्वभाविक नै भएपनि तर यो खालको समस्या आउला भनेर नसोचेको उनको भनाई छ।
संसदीय प्रणाली र संसदीय समितिको आफूले सधैँ सम्मान गर्ने अधिकारीको भनाई छ । ‘मैले मन्त्रालय सम्हालेपछि वाइडबडीको बारेमा थप निर्णय केही भएको छैन, प्रक्रिया पहिल्यै पूरा भैसकेको थियो’- मन्त्री अधिकारीले थपे ।
संसदको लेखा समितिले बनाएको उपसमितिले मंगलबार प्रतिवेदन टुंग्याउँदै वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड अनियमितता भएको निष्कर्ष निकालेको छ ।
उपसमितिले बहालवाला मन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देव, त्यसैगरी बहालवाला पर्यटन सचिव कृष्ण देवकोटा, हाल गृहसचिव रहेका तत्कालीन पर्यटन सचिव प्रेम राई र पूर्व सचिव शंकर अधिकारीलाई कारबाहीको सिफारिस गरेको छ ।
त्यस्तै, वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्कालै निलम्बन गरेर कारबाही गर्न पनि उपसमितिले सिफारिस गरेको छ ।
उपसमितिको प्रतिवेदन आजै लेखा समितिको पूर्ण बैठकमा पेश गरिएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए