संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदनबाट आफू अचम्मित भएको प्रतिक्रिया दिएका छन् ।
मन्त्री अधिकारीले वाइडबडी प्रकरणमा आफू पनि मुछिएको घटनाबाट दुःखी र अचम्मित भएको बताए । मन्त्रालयको मुख्य व्यक्ति भएकाले केही कन्सर्न आउनु स्वभाविक नै भएपनि तर यो खालको समस्या आउला भनेर नसोचेको उनको भनाई छ।
संसदीय प्रणाली र संसदीय समितिको आफूले सधैँ सम्मान गर्ने अधिकारीको भनाई छ । ‘मैले मन्त्रालय सम्हालेपछि वाइडबडीको बारेमा थप निर्णय केही भएको छैन, प्रक्रिया पहिल्यै पूरा भैसकेको थियो’- मन्त्री अधिकारीले थपे ।
संसदको लेखा समितिले बनाएको उपसमितिले मंगलबार प्रतिवेदन टुंग्याउँदै वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड अनियमितता भएको निष्कर्ष निकालेको छ ।
उपसमितिले बहालवाला मन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देव, त्यसैगरी बहालवाला पर्यटन सचिव कृष्ण देवकोटा, हाल गृहसचिव रहेका तत्कालीन पर्यटन सचिव प्रेम राई र पूर्व सचिव शंकर अधिकारीलाई कारबाहीको सिफारिस गरेको छ ।
त्यस्तै, वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्कालै निलम्बन गरेर कारबाही गर्न पनि उपसमितिले सिफारिस गरेको छ ।
उपसमितिको प्रतिवेदन आजै लेखा समितिको पूर्ण बैठकमा पेश गरिएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’