पोखरा । पोखरा महानगरपालिकामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माणको तयारी गरिएको छ । राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले पोखरामै सम्मेलन केन्द्र बनाउन जग्गा खोजी गरिरहेको छ ।
सम्मेलन केन्द्र विकास समितिले महानगरको टोलिसँग प्रारम्भीक छलफल गरेको छ । समितिले पोखराको प्रदर्शनी केन्द्रलाई बढी प्राथमिकतामा राखेर छलफल अघि सारेको छ भने महानगरले लेखनाथको माछापोखरीमा बनाउन प्रश्ताव गरेको छ ।
केही समयअघि अध्ययन टोलिले माछापोखरी, सिलिङ्गे र प्रदर्शनी केन्द्र उपयुक्त ठाउँ भनि प्रश्ताव गरेको थियो । सोही प्रश्तावका आधारमा प्रदर्शनी केन्द्र भएको जग्गालाई उपयुक्त भनि महानगरसँग स्विकृति मागेको छ । ‘माछापोखरीमा मत्स्य केन्द्र छ । त्यसलाई त्यही स्वरुपमा अघि बढाउनुपर्छ । सिलिङ्गेमा वातावरणीय समस्या आउन सक्छ, सम्मेलन केन्द्र विकास समितिका कार्यकारी निर्देशक पुरुषोत्तम अमात्य भन्छन्–प्रदर्शनी केन्द्र सबै हिसावले उपयुक्त छ । हामीलाई यही जग्गा चाहिन्छ ।’
उनका अनुसार सम्मेलन केन्द्र निर्माणका लागि कम्तिमा ६० रोपनी जग्गा चाहिन्छ । तर प्रदर्शनी केन्द्रमा पनि आवश्यक्ता अनुसारको जग्गा पुग्दैन । प्रदर्शनी केन्द्रमा ४५ रोपनी मात्रै जग्गा सरकारी स्वामित्वमा छ । ‘अण्डर ग्राउण्ड पार्किङ र आधुनिक भवन निर्माण गरेपछि यही जग्गा पनि पर्याप्त हुन्छ, उनले भने–अहिले यही जग्गामा सम्मेलन केन्द्र बनाउँछौं र विस्तारै अन्य क्षेत्र खोजौंला ।’ उनले सिलिङ्गे र अन्य डाँडाहरुमा रिसोर्ट तथा होमस्टे सञ्चालन गरेर सम्मेलन केन्द्रमा आउने पाहुनालाई डाईभर्ट गर्न सकिने बताए ।
तर महानगरका मेयर मानबहादुर जिसीले चाहीँ शहरी चाप बढी हुने ठाउँमा भन्दा अलि शान्त ठाउँ सम्मेलन केन्द्रका लागि उपयुक्त हुने बताए । ‘माछापोखरी शहरी कोलाहल बाहिर छ । शहरबाट खासै टाढा पनि छैन र सुरक्षाको दृष्टीले पनि राम्रो छ, उनी भन्छन्–पर्याप्त जग्गा छ । पछि कुनै संरचना थप्नुपरेपनि जग्गाको अभाव हुँदैन । सबैभन्दा उपयुक्त ठाउँ यही हो ।’
उनका अनुसार माछापोखरीमा २ सय रोपनी भन्दा बढी जमिन सरकारी स्वामित्वमा छ । ‘महानगरले विकासलाई विकेन्द्रिकरण गर्ने नीति लिएको छ । भएभरका संरचना यहीँ राख्नु उपयुक्त नहोला, जिसीले थपे–प्रदेश सरकार छ । उसका कार्यालय थपिएलान् । महानगरका अरु संरचना पनि बनाउनुपर्छ । त्यसैले केही खालि ठाउँ पनि सुरक्षित राख्नुपर्छ ।’
मेयर जिसीले प्राथमिकताका आधारमा जग्गा सिफारिस गरेर पठाउने बताए । तर यसअघि पोखरा २६ सिलिङ्गेमा सम्मेलन केन्द्र निर्माण गर्ने प्रारम्भीक तयारी थियो । एउटा टोलिले सम्मेलन केन्द्र निर्माणको सम्भाब्यता अध्ययन गरेको थियो । करिब ५ सय रोपनी भन्दा बढी जग्गा स्थानीयले निशुल्क सरकारलाई दिन राजी भएका छन् । उपत्यका नगर विकास समितिले पनि सिलिङ्गेमा सम्मेलन केन्द्र बनाउन उपयुक्त भनि सिफारिस गरेको थियो । सम्मेलन केन्द्र निर्माणका लागि प्रदेश सरकारले पनि विशेष चासो दिएको छ । प्रदेश सरकारको पहिलो बैठकबाटै अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने निर्णय गरेर बजेट समेत विनियोजन गरिसकेको छ । आगामी ५ बर्षभित्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने लक्ष्य सरकारको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा