पोखरामा गुड्ने गाडीहरुले आवश्यकता भन्दा बढि समयसम्म यात्रु कुरेको पाइएमा अब पोखरा महानगरपालिकाले कारवाही गर्ने भएको छ ।
महानगरपालिकाको पछिल्लो कार्यपालिका बैठकको निर्णयअनुसार सार्वजनिक सवारी साधनहरुको सञ्चालनमा भइरहेको अव्यावहारिकता विरुद्ध कदम चालिने भएको नगरप्रमुख मानबहादुर जिसीका प्रेस संयोजक माधब बरालले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको समन्वयमा महानगरले महेन्द्रपुल, विपीचोक, सभागृहचोक, पृथ्वीचोक, सिर्जनाचोक लगायतका ठाउँमा आवश्यकताभन्दा लामो समयसम्म यात्रु कुराउने सवारीलाई कारवाही थाल्ने भएको हो ।
‘अन्तिम स्टेसनमा मात्रै पुगेर सवारी बस्नेछ,’ जिल्ला ट्राफिक प्रमुख मुरारी मिश्रले भने, ‘चोकचोकका स्टेसनमा मनलाग्दी जति समय चाहन्छ त्यती नै समय कुरेर बस्न पाइदैन, चोकका स्टेसनमा रोक्ने भनेको यात्रु चढाउने र झराल्ने मात्रै हो । यात्रु पर्खिने, बस भोर्ने होइन ।’
महानगरसँगको समन्वयमा ट्राफिक व्यवस्थापनलाई कडाईका साथ लागू गराउन सोही किसिम जनशक्ति व्यवस्थापन गराइने प्रमुख मिश्रको भनाई छ ।
त्यस्तै, राजमार्ग अन्तर्गत पर्ने बाग्लुङबाट आएका सवारी साधन स्याङ्जा, बुटवल जानुपर्ने भएमा सोझैं सिर्जनाचोक हुँदै विरौटाचोक निस्की छोरेपाटनतर्फ सोझिनुपर्ने भएको छ । सभागृहचोक र पृथ्वीचोकमा अधिक सवारीको चाप हुनेहुँदा सवारी आवागमनमा सहजता ल्याउन यस किसिमको निर्णय प्रभावकारी बन्नेमा ढुक्क भएको महानगरले जनाएको छ ।
पैदल यात्रुलाई बाटो काट्नमा सहजता ल्याउने गरी दुई स्थान पृथ्वीचोक र सिर्जनाचोकमा आकाशे पुल निर्माणको काम महानगरले यसै महिनादेखि अघि बढाएको छ ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु