जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिका १ छैरोमा गत राति सुख्खा पहिरो जाँदा थुनिएको कालिगण्डकी खुलेको छ । गएराति गएको पहिरोले गर्दा कालिगण्डकी पूर्ण रुपमा थुनिएर करिब १२ फिट गहिराईमा पानी जमेको थियो । विहान करिब ११ बजेपछि पानीको सतह केही बढेपछि पाहिरोलाई नाँघेर पानी बगेको स्थानीय सुकुन रर्सालीले जानकारी दिईन् ।
गत वर्षायाममा पनि बर्षाका कारण त्यस स्थानमा निकै क्षति पु¥याएको थियो । कालिगण्डकीमा पानीको मात्रा बढ्दा सोही स्थानमा पहिरो गई निकै क्षति पु¥याएको थियो । वर्षायामको पहिरोलो क्षति पु¥याएको स्थानमा केही दिन अगाडी गएको भुकम्पको पराकम्पन तथा हिउँ परेपछि माटो भिजेको हुँदा पहिरो गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको । प्रहरीका अनुसार बाढीले क्षयीकरण भएको माटोमा रहेको रुख विरुवाहरु हावाले हल्लाउँदा पनि माटो कमजोर हुन गएको हो ।

गाउँपालिका अन्तरगतको वडा नं. १ छैरोमा छैरो छहरा गुम्बाको नाममा रहेको स्याउ बगान र स्थानीय मन प्रसाद विकको गरी करिब १०० रोपनी जमिन भासिएको स्थानीयले जानकारी दिए । जामिन भासिएर कालिगण्डकी थुनिएको विहान मात्र स्थानीय थाहा पाएर प्रशासनलाई जानकारी गराएका थिए । प्रशासनलाई विहान ९ बजे मात्र जानकारी भएको सहायक प्रमुख जिल्ला अधिकारी विशेश्वर रेग्मी बताए । जानकारी लगत्तै नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उक्त स्थानमा खटिएको थियो । रेग्मीका अनुसार सुरक्षा निकाय लगायत मानवीय संसाधनले पहिरो हटाउन नसकिएपछि स्काभेटर प्रयोग गरी करिब ४ बजेतिर पहिरो हटाइएको हो ।

घरपझोङ गाउँपालिका अध्यक्ष आश बहादुर थकालीले तत्काल स्काभेटर प्रयोग गरी पहिरो हटाएपनि दीर्घकालिन रुपमा सुरक्षाका योजना बनाउने बताए । गत वर्षायाममा र अहिले गरी निकै ठूलो क्षति पुगेकाले उक्त स्थानमा तटबन्धन वा अन्य कुनै तवरबाटर दीघकालिन समाधानको उपाय अबलम्बन गरिने थकालीले जानाकरी दिए ।

खेतीयोग्य उर्बरा भूमि पहिरोले बगाएकोले स्थानीय चिन्तित बनेका छन् । सरकारले दिगो रुपमा रोकथामको उपाय नअपनाएकाले यो अवस्था आएको गणतान्त्रि गाउँ सुधार समितिका अध्यक्ष भिम बहादुर रसाईलीले बताए । खेतीयोग्य जमिन नै बगाएपछि किसानलाई निकै क्षति पुगेको रसाईलीको भनाई छ । ‘गत वर्षायाम र अहिले गरी निकै क्षति पुगेको छ, रोकथामका दीर्घकालिन उपाय अपनाउन नसके छैरो गाउँ नै जोखिममा छ’, उने भने ।
स्थानीय शंकर विकले हिउँद याममा भएर कम क्षति पुगको, वर्षायाम भएको भए निकै क्षति हुने बताए । विकका अनुसार कालीगण्डकी करिडोरले सडक निर्माण गर्दा लापारबाही गर्दा वडा नं. २ अन्तरगतको समाग्रीतिरको जमिनमा पनि निकै क्षति पु¥याएको छ । सडक निर्माणका क्रममा सडकमा जथाभावी पानी छाडिदिँदा सडक वरपरका जमिन निकै चर्किएर बस्ती नै जोखिममा परेको उनले जानकारी दिए । तत्काल समाधानको उपाय अबलम्बन नगरे वर्षायाममा उक्त स्थानमा अझ क्षति हुनेमा स्थानीयले चिन्ता व्यक्त गरे ।
- तस्विरः भिम रसाइलीको फेसबुकबाट
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ