पोखरा । १७ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता विजेताले यसपालि ८ लाख १ हजार जित्ने भएका छन् । सहारा क्लब पोखराले फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरेको हो । उपविजेताले ४ लाख १ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।
क्लबले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा क्लब अध्यक्ष केशवबहादुर थापाले मोफसलको सबैभन्दा चर्चित सो फुटबल प्रतियोगितालाई अझ महत्व दिन पुरस्कार राशि वृद्धि गर्दैआएको जानकारी दिए । गत संस्करणमा विजेताले ७ लाख १ हजार र उपविजेताले ३ लाख ५१ हजार पाएका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको १७ औं संस्करणमा आईपुग्दा प्रतियोगिता मिति दुई दिन खुम्च्याईदिएको छ । एन्फाले दिएको मिति फागुन ९ देखि १८ सम्मको छ । जुन विगतका वर्षमा भन्दा दुई दिन कम हो । विगतमा १२ दिनसम्म हुने प्रतियोगिताको मिति घटेर यसपालि १० दिन तय भए पनि विभिन्न ठाउँमा प्रतियोगिता भइरहेकोले टिम टुंगो लाग्ने बित्तिकै १२ दिनसम्म पनि हुन सक्ने आयोजकको अनुमान छ ।
निर्माणाधीन पोखरा रंगशालामा अस्थायी प्यारापिट बनाएरै भए पनि प्रतियोगितालाई निरन्तरता दिँदै क्लबले विगतको साख जोगाइराख्ने पक्षमा छ । रंगशाला बाहेक अर्को विकल्प आफूहरुले नसोचेको क्लब अध्यक्ष थापाको भनाइ छ ।
यसपालिको संस्करण फागुन ९ देखि १८ सम्म तोकिएको छ । प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय, विदेशी र आयोजक टिमको सहभागिता हुनेछ । विदेशी टिमको छिनोफानो हुनेक्रममा रहेको आयोजकले जनाएको छ ।
हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुँदै आएको सो प्रतियोगिताबाट १ करोड ३० लाख आम्दानी हुने र खर्च कटाइ ३२ लाख २ हजार बचत गरिने क्लबको लक्ष्य रहेको महासचिव विश्वराज बरालले बताए ।
यस्तै, एक जनालाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानवापत ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । सर्वाधिक गोलकर्ता, फेयर प्ले पुरस्कार सहित विधागत पुरस्कार समेत प्रदान गरिनेछ । प्रतियोगिताको ट्रफी, मेडल, म्यान अफ दी म्याचको पुरस्कार प्रायोजन सहारा यूकेले गरेको छ । सो ट्रफी सहारा युके महासचिव धनु थकालीले प्रतियोगिता मूलआयोजक समिति संयोजक एवं क्लब अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरे ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, पोखरा महानगरपालिका, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति, सहारा क्लब हङकङ, सहारा क्लब अष्टे«लिया, मुग्लान रेष्टुरेण्ट,वल्र्ड लिंक लगायतका विभिन्न संघसंस्थाले विशेष सहयोग गरेको क्लबका महासचिव विश्वराज बरालले बताए ।
बचत रकम क्लबले आफनै एकेडेमीमा रहेका २८ जना बाल खेलाडीको लागि भरणपोषण एवं शिक्षादिक्षामा खर्च गर्दै आएको छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो