मुस्ताङ । मुस्ताङमा शुक्रबार राति यस वर्षकै भारी हिमपात भएको छ । हिमपातकै कारण अहिले मुस्ताङबासीहरुको दैनिक जनजीवन नै प्राभावित भएको हो ।
९ बर्ष यताकै यो भारी हिमपात भएको बताइएको छ । हिमपात भएपछि सडक तथा हवाई यातायात पूर्ण रुपमा अवरुद्ध छ । हवाई सेवा पनि २४ घण्टाको लागि स्थागित गरिएको छ ।
पर्यटकीय सौन्दर्यतालाइ हरपल गिज्याइरहने मुस्ताङ हिजोदेखी भने सेताम्य हिउँले गर्दा मनमोहक देखिएको छ । स्थानीयहरु हिउँ खेल्ने गरेको दृश्यले मनलाई नै चन्चल बनाएको देखिन्छ । करिब ९ बर्ष पछि परेको यो भारी हिमपातले मुस्ताङबासिलाइ खुसी बनाएको छ ।
घासादेखी मार्फासम्म परेको १ फिट र कागबेनी आसपासबाट पर्न सुरु गरेको हिउँ लोमान्थाङ सम्मको करि २–३ फिट सम्म परेको छ । घाँसा हुदै लेते, कालोपानी, लार्जुङ, कोबाङ , टुकुचे, मार्फा, जोमसोम र उपल्लो मुस्ताङ कागबेनी, मुक्तिनाथ हुँदै लोमान्थाङसम्म भारी हिमपात भएको छ ।
यस बर्ष मात्रै करिब ५ पटकसम्म हिमपात भएपछि चिसो अत्यधिक मात्रामा बढेको छ । हिजो परेको हिउँले त झन् यहाँको जनजीवन नै अस्तव्यस्त भएको छ । शुक्रबार परेको हिमपातले गर्दा सिधा सवारी यातायात अन्तरगतका सडकहरु ठप्प रहेको छ । हिमपातले सडक पुरै हिउँ जमेको छ । सडकमा हिउँ जमेकै कारण दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी गुड्न सकिरहेको छैन । यसरी पहिलोपटक २–३ फिट्सम्म परेको हिमपातले मुस्ताङ बासिको दैनिकीलाई नै प्रभावित बनाइदिएको छ ।


डिएनए नेपालबाट
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला