पोखरा । यही माघ १५ गते देखि सुरु हुने छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटवल प्रतियोगिता २०७५ को तयारी पूरा भएको छ ।
अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा माघ २६ गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
प्रतियोगितामा जापान र क्यामरुनका दुई विदेशी सहित १२ टिम सहभागि हुने भएको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बताए । मंगलबार उद्घाटन खेल एपिएफ बिरुद्ध हिमालयन शेर्पा क्लव बिच खेल हुने भएको छ ।
प्रतियोगितामा नेपालका उत्कृष्ट ९ क्लव मनाङ मस्याङदी क्लव, संकटा क्लव, थ्रि स्टार क्लव, नेपाल आर्मी, नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी वलको एपिएफ, हिमालयन सेर्पा, च्यासल क्लव, ब्रिगेड ब्वाईज क्लव रहेकाछन्। त्यसैगरी आयोजकको पोखरा ११, रिस्सो युनिभर्सिटी जापान र डफिन्स टिम फेमेली क्यामरुन प्रतियोगितामा सहभागी हुने भएको एन्फा कास्कीका अध्यक्ष गुरुङले बताए ।
प्रतियोगिताको विजेतालाई उपाधि सहित ७ लाख ५५ हजार रुपैयाँ र उपबिजेताले ४ लाख ५ हजार प्राप्त गर्ने छ । उत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको अवसरमा फुटवल खेलमा योगदान दिने एक जना खेलाडीलाई पुरस्कार स्वरुप मोटरसाइकल सहित सम्मान गरिने एन्फा कास्कीले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक र सर्वा्धिक गोलकर्ता खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिने एन्फा कास्कीका महासचिब रमेश कार्कीले जनाए । मनकामना केबुलकारको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताबाट १ करोड २८ लाख आम्दानी गर्ने लक्ष्य राखिएको कार्कीले जनाए । प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड १७ लाख खर्च लाग्ने उनले बताए ।
एन्फा कास्कीले प्रतियोगिताका लागी २ हजार सिट क्षमताको अस्थायी प्यारापिट (स्काई फोल्डिङ) निमार्ण गर्ने जनाएको छ । एन्फा कास्कीले करिब ८ लाख खर्चिएर हरियो फुटवल मैदान तयार पारेको एन्फा कास्कीका उपाध्यक्ष विश्व तण्डुकारले बताए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला