पोखरा, १३ माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको प्रथम अधिवेशन मिति तय गरिएको छ । मञ्चको शनिबार सम्पन्न भेलाले फागुन २५ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
संघीय संरचनाअनुरुप जिल्लास्तरको मञ्च प्रदेशस्तरमा जाने गरी सोहीअनुरुप विधान दर्ता भएको छ । पत्रकार केशव पाठक अध्यक्ष रहेको तदर्थ समिति ११ सदस्यीय छ । यस्तै, मञ्चले सम्पन्न गरेको तेस्रो संस्करणको टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डको आयव्ययसमेत सार्वजनिक गरेको छ ।
पिकनिकबीच भएको सो कार्यक्रममा मञ्च कोषाध्यक्ष विजय नेपालले आयव्यय सार्वजनिक गरेका हुन् । जसअनुसार अवार्डमा ८ लाख १५ हजार ७१ रुपैयाँ ४६ पैसा आम्दानी भएकोमा ६ लाख ९९ हजार ३ सय ९५ रुपैयाँ ७२ पैसा खर्च हुन गएको छ भने बचत १ लाख १५ हजार ६ सय ७५ रुपैयाँ ७४ पैसा रहेको छ ।
यसैक्रममा मञ्चले आयोजना गर्ने सबैभन्दा ठूलो इभेन्ट पोखरा स्पोर्टस् अवार्डको आगामी चौथो संस्करणको लागि सहयोग आउनक्रम सुरु भैसकेको छ । एन्फा कास्की सदस्य पोखरा–१, बुद्धटोल निवासी राधा गुरुङले सोही अवसरमा ५ हजार ५५ रुपैयाँ मञ्च अध्यक्ष केशव पाठकलाई प्रदान गरिन् ।
यस्तै, रमाइलो खेलअन्तर्गत कुर्सी दौडमा मञ्च उपाध्यक्ष दीननाथ बराल र घैंटो फुटाउने प्रतियोगितामा कोषाध्यक्ष विजय नेपाल विजयी भए । उनीहरुलाई पुरस्कारस्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।
मञ्च अध्यक्ष पाठकको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक दीननाथ बरालले स्वागत र महासचिव रञ्जन अधिकारीले संचालन गरेका थिए । मञ्चको तेस्रो पोखरा स्पोर्टस् अवार्डमा शारीरिक सुगठनका खेलाडी कमल भण्डारी र सितेरियो कराँतेकी बिमला नेपाली वर्ष २०७४ का सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएका थिए । विसं २०५७ सालमा स्थापित मञ्चमा विशेषतः खेलकुद बिटमा कलम चलाउने ५५ जना बढी पत्रकार आबद्ध छन् ।

सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला