पोखरामा यही माघ २६ गते देखि विद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजना, नेप्लिज इनकाउण्र्टस एजुकेशनको मुख्य प्रायोजनमा तथा ह्वाई वरी इभेण्ट म्यानेमेन्टको संयोजनमा उक्त प्रतियोगिता पोखरा रंगशालामा हुने भएको शनिबार पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
प्रतियोगितामा करिब १२ विद्यालयहरुको सहभागिता रहने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले बताए । विजेतालाई २५ हजार उपविजेतालाइ १५ हजार प्रदान गरिने भएको छ । म्यान अफ दि सिरिज, बेष्ट व्याट्सम्यान, बेष्ट बलर र इमर्जिङ प्लयेर तथा खेलको म्यान अफ दि म्याचको पुरस्कार समेत प्रदान गरिने उनले जनाए ।
ह्वाई वरी इभेन्ट म्यानेजेमेन्टको व्यवस्थापनमा हुने प्रतियोगिताको लागि आवश्यक तयारी तीव्र पारिएको ह्वाई वरीका निर्देशक विधान श्रेष्ठले बताए । संघका सचिव दिपेन्दप्रताप चन्द तथा ह्वाई वरीका अध्यक्ष भगवान श्रेष्ठले प्रतियोगिताले विद्यालयस्तरदेखि नै क्रिकेटको विकास र विस्तारमा सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रतियोगिताको लागि ५ लाख रुपैयाँ खर्च हुने प्रालिका अध्यक्ष श्रेष्ठले बताए ।
यसैबिच, राष्ट्रिय खेलकुद परिषदबाट क्रिकेट मैदानको लागि १० लाख रुपैयाँ बजेट छुट्टिएको छ । छुट्टिएको बजेटबाट मैदानको लागि अत्यावश्यक पानीको व्यवस्थापन गरिएको क्रिकेट मैदान निर्माण समितिका अध्यक्ष एवं संघका कोषाध्यक्ष चन्द्रकुमार गुरुङले बताए । उनले बचत रकमबाटै मैदानको लेभलिङको लागि माटो हालेर सम्याउने काम भएको जनाए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला