गुण्डा नाइके राजु गोर्खाली काठमाण्डौमा पक्राउ परेका छन् । सुन्धारास्थित काठमाडौं मलका व्यापारीलाई धम्काएर जबर्जस्ती रकम असुली गरेको अभियोगमा उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।आइतबार गोर्खालीलाई नयाँ बानेश्वर चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल गोर्खालीको समूहले गत वर्षदेखि भाडामा लिएर चलाएको थियो । मलमा सटरहरु अन्य व्यापारीलाई भाडामा दिने र व्यापारीसँग चर्को रकम असुल्दै आएका थिए। पैसा नदिए गुण्डागर्दी शैलीमा पसलमै ताला लगाउन थालेपछि व्यापारीको उजुरीको आधारमा गोर्खालीलाई पक्राउ गरिएको बताइन्छ ।
पृथ्वीचोक स्थित पोखरा सस्तो बजारका सञ्चालक समेत उनै हुन् । प्रहरीले गोर्खालीलाई संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको जनाएको छ। राजु गोर्खालीले २०५८ सालमा दरबारमार्ग स्थित रोयल क्यासिनोमा झगडा हुँदा राकेश लिम्बूको घाँटी रेटी हत्या गरेपछि चर्चामा आएका थिए। उनी ज्यान मुद्दामा १० वर्ष जेल बसेर ०६८ सालमा निस्किएका व्यक्ति हुन् ।
सुरुदेखि नै विवादित पोखरा सस्तो बजार अहिले विवादमा छ । अनुमति नै नलिई तला थपेर सञ्चालन गरेपनि महानगरले कारबाही नगरी लाचार बनेको छ । पोखरामा यसको व्यवस्थापन युवराज खतिवडाले गरिरहेका छन् ।
सम्बन्धित खबर
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीयः प्रदेश प्रमुख भट्ट
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’