श्यामशितल परियार, लमजुङ । लोक दोहोरी गायक बद्री पंगेनी, नवीन पौडेल र सम्झना भण्डारी शनिबार प्रथम भोटेओडार महोत्सवमा आउने थाहा पाएसंगै बिहानैदेखी महोत्सव स्थलमा दर्शक÷श्रोताको भीड लागेको थियो । गायक÷गायिकाको प्रस्तुती हेर्न लमजुङेहरु आतुर थिए ।
दिउँसो सवा ३ बजे जव लोकदोहोरी गायक नवीन पौडेल स्टेज चढी ‘के सम्झनु छ र ……’ बोलको गीत गाए । एकाएक महोत्सवको माहोेल तात्यो । गायक पौडेलले गाउँदै, नाच्दै, दर्शकलाई पनि संगै छमछमी नचाए । साथमा उनले ‘मन परेरै हो….,’ ‘बुलाकी लाउँदिनौँ, झुम्काना लाउँदिनौँ……,’ ‘के सम्झनु छ र……,’ ‘सुदूरपश्चिम घर मेरो…..,’ ‘फुलेको तोरीलाई……,’‘श्रीनगर बतासैँ डाँडैमा…..’ लगायतका आफ्ना गीतहरु प्रस्तुत गरे ।
यसैगरी, महोत्सवमा गायिका सम्झना भण्डारीले पनि दर्शक दीर्घामा पुगी गीत गाउँदै दर्शकलाई छमछमी नचाईन् । गायिका भण्डारीले ‘भीरैको घाँस….,’ ‘छिनछिन बज्ने चुरा…..,’‘कैल्यै हो त सानु….,’‘मेरो माया बसेको ठाउँमा……,’लगायतका गीतहरु गाएकी थिईन् ।
गीत, नाचमा झुमेको माहोल एकाएक भावुक बन्यो । जव साँझ ५ बजे लोक दोहोरी गायक बद्री पंगेनी स्टेज चढी परदेशी छोेराको वेदना समेटिएको ‘आमा बिदा पाउँदिन….,’ बोलको गीत गाए । उनको यो गीत सुनेर विशेषगरी ः वृद्ध बाआमा भावुक बनेका थिए । आफ्नो गीतबाट भावुक बनेका दर्शकलाई गायक पंगेनीले ‘रातो अनि तातो पछ्यौरी…,’ ‘दाईको ससुरालीमा….,’ लगायतका आफ्ना चर्चित गीत गाएर फेरी छमछमी नचाएका थिए ।
महोत्सवकै अवसरमा गायक प्रकाश न्यौपाने, स्थानीय कलाकार जुना परियार, पासाङ गुरुङ, युगेश परियार लगायतले पनि आफ्नो गीत प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर
खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
लमजुङमा जिप दुर्घटना हुँदा दुई महिलाको मृत्यु, १२ जना घाइते
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?