काठमाडौं । यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज २-१ ले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा वर्षाका कारण १० ओभरमा छोट्याइएकोमा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।
रोमाञ्चक खेलमा यूएईलाई अन्तिम ओभरमा २० रन चाहिएको थियो । कप्तान पारस खड्काले ललित राजवंशीलाई बल दिए । पहिलो र दोस्रो बलमा विकेट लिएका उनले मात्र ५ रन दिँदै नेपाललाई पहिलो टी-२० सिरिज दिलाए ।
यूएईको सुरुवात भने निकै राम्रो थियो । नेपालका करण, ललितसँगै अविनाश बोहोराले २-२ विकेट लिए भने सन्दीप र सोमपालले १-१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको सुरुवात भने राम्रो रहेन । पवन शरार्फलाई शुन्यमै गुमाएको नेपालले पहिलो ओभरमा रन जोड्न सकेन । ज्ञानेन्द्र मल्ल ११ र दीपेन्द्र सिंह ऐरी २ रनमा आउट भए । चौथो विकेटको लागि पारस र सन्दीपले ३३ रनको साझेदारी गरे । पारसले १४ बलमा २९ रन बनाए । आक्रामक पारी खेलेका सन्दीपले ११ बलमा २८ रन बनाए ।
विनोदले १३ बलमा २१ रन बनाए । करण केसीले ५ बलमा १० रन बनाए । अन्तिम ओभरमा नेपालले करण र विनोदसँग सोमपालको विकेट गुमाएको थियो । तर, १० रन जोडेको थियो । यूएईका लागि मोहम्मद नाभिद र अमिर हायतले समान २-२ विकेट लिए ।
टी-२० सिरिज खेल्नुअघि नेपालले यूएईसँग तीन म्याचको एकदिवसीय सिरिज खेलेको थियो । दुबै सिरिजमा नेपालको प्रदर्शनमा एउटा समानता रहृयो, पहिलो खेलमा हार तर, उत्कृष्ट पुनरागमन गर्दै सिरिजमा २-१ को कब्जा ।
युवा खेलाडीहरुले भरिएको नेपालले पहिलो एकदिवसीय र टी-२० सिरिज जितेको छ । साथै रोहितकुमार पौडेल एकदिवसीयमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बनेका छन् । उनले सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको रेकर्ड तोडेका थिए ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’