पोखरा । इटहरीमा सम्पन्न मदन भण्डारी गोल्ड कपको उपाधी विजेता नेपाल आर्मी उपाधी उचालेको एक साता पनि वित्न नपाउँदै पोखरामा पाहुना टोली क्यामरुनको डफिन्स क्लब संग ४–१ गोलले पराजित हुँदै मनकामना कप बाट बाहिरिएको छ ।
नेपाल आर्मीको सेट टिम पोखराको मनकामना कपमा नउतार्दा आर्मी बाहिरिन पुगेको हो । पोखरेली धेरै दर्शक आर्मी र क्यामरुन डफिन्स क्लबको खेल हेर्न रंगशाला पुगे पनि निराश हुँदै फर्के । एक दर्शकले निराश हुँदै भने –“जारी मनकामना कप जती अगाडी वढ्दैछ त्यती सहभागी टिमको खेल पनि खस्कदैछ ।”
खेलको पहिलो हाफमा पहिलो गोल खान पुगेको नेपाल आर्मीलाई दोश्रो हाफमा डफिन्सले ३ गोल ग¥यो भने सान्त्वना गोलका रुपमा आर्मीले एक गोल फर्कायो । पहिलो हाफको अतिरिक्त समयको दोश्रो मिनेटमा एक्विमको पासमा खेलको म्यान अफ दि म्याच यानिक ओओनाले गोलको खाता खोलेका थिए ।
तयसै गरि खेलको ६० औं मिनेटमा दिदेर टिनाको पासमा यानिक ओओनाले दोश्रो गोल गर्दै आर्मीलाई दबाबमा राखे भने ६९ औं मिनेटमा आर्मेल आहन्दाले तेश्रो गोल र खेलको अन्तिम अतिरिक्त समयको पहिलो मिनेटमा ओको बोटाले चौथो गोल गर्दै सहज रुपमा सेमीफाइनलको यात्रा तय गराए ।
यता नेपाल आर्मीको तर्फ बाट खेलको अतिरिक्त समयको चौथो मिनेटमा बिबेक बस्नेतले एक मात्र सान्त्वना गोल फर्काए ।
नेपाल आर्मीका प्रशिक्षक गंगा देउजाले ए टिमका केही खेलाडीलाई भुटान जानुपर्ने भएकोले आराम दिंदा भने जस्तो नतिजा पाउन नसकेको बताए । उनले भने–“टिमले राम्रो खेल्यो तर स्कोरिङमा समस्या भयो ।” उनले डिफेन्समा समेत तालमेल नमिल्दा गोल खान पुगेको बताए ।
मंगलबारको खेल जापानको रिस्सो विश्वविद्यालय र नेपाल पुलिस क्लबका विच हुने भएको एन्फा कास्कीले जनाएको छ ।
पोखरा स्पोर्टस् डटकमबाट । तस्विरः गोलनेपाल
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु